पोखरा २४ असोज / राष्ट्रिय परोपकार महासंघ पोखरा ३१ ईकाईले लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मानित गरेको छ। आईतवार आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका अध्यक्ष कमलनयन गौतमले व्यबसायको प्रवर्द्धन संगै धार्मिक आस्था हुनेपर्ने कुरा औल्याउनुभएको छ। बिगतको जस्तै निजि क्षेत्रले धर्मको रक्षाको निम्ति गरेको सहयोग स्रहानिय रहेको बताउनु भयो।
जलेश्वर शिव मन्दिर व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णु प्रसाद तिवारीले यस क्षेत्रमा धर्मशाला निर्माण गर्न निजिस्तरले समेत चासो दिनुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा संघको नवर्निवाचित कार्यसमितिबाट जीवन तिवारी, बिक्रम कर्माचार्य, भरत ओझा, राजेन्द्र ओझा, नेत्रपाणी बास्तोला र छत्रधर आत्रेयले आआफ्नो मन्तव्य राख्नुभएको थियो। त्यस्तै संघका निवर्तमान अध्यक्ष वलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वाबुराम गिरि, नमुना टोल संस्थाकी अध्यक्ष सुधा थापा, वेगनासताल महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी, वेगनासताल धार्मिक बिकाश संस्थाका अध्यक्ष ध्रुव अधिकारी लगायतले बिजयादशमीको शुभकामना सहित मन्तव्य राख्नुभएको थियो भने परोपकार महासंघ पोखरा ३१ का अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद ढुंगानाले कार्यक्रम संचालन गर्नुभएको थियो।
Discussion about this post