पोखरा महानगरपालिका वडा नं ३०, पावर हाउसमा रहेको जनता वहुउद्देश्यिय सहकारीको सञ्चालक समितीको अध्यक्षमा कुल वहादुर रानाभाट चयन भएका छन ।
साविक लेखनाथको व्यापारिक हवको रुपमा विकसित यस जनताको सहकारीको १० औ साधारण सभा एवं पाँचौ अधिवेशनवाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खडकाले पानसमा दियो वाली उद्घाटन गर्दै सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण फराकिलो वनाउनु पर्ने ,सहकारीको कारोवार पारदर्शि वनाउन पहल गरी गर्नु पर्ने वताएका छन ।
अधिवेशनले रानाभाटको कार्यसमितीमा उपाध्यक्ष विश्वराज लामिछाने, सचिवमा भरत ओझा, कोषाध्यक्षमा सन वहादुर गुरुङ (कालु) त्यसै गरी सदस्यमा प्रेमराज वसौला, दयाराज भण्डारी, रञ्जना वराल, कृष्ण प्रसाद पौडेल,दामोदर प्रसाद पण्डित ,पुष्पराज अधिकारी र लक्ष्मी त्रिपाठी ओझा रहेका छन । संस्थाको लेखा समितीको संयोजकमा रामचन्द्र भण्डारी, सदस्यमा लक्ष्मण विजयपति र शान्ति सिग्देल निर्विरोध चयन भएका छन ।
संस्थाका अध्यक्ष सोभामोहन पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ,संस्थापक अध्यक्ष विश्वमोहन पौडेल, ३२का वडाध्यक्ष अक्कल वहादुर कार्की, २९का वडाध्यक्ष चेत वहादुर गुरुङ , लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय, रुपा सहकारीका अध्यक्ष राजु खत्री, लेउवाका पूर्व अध्यक्ष लक्ष्मी त्रिपाठी लगायतले आफ्नो मन्तब्य राखेका थिए । साथै सो कार्यक्रममा भर्खरै मात्र सम्पन्न लेखनाथ उद्योग वाणिज्य संघका निर्वाचनमा निर्वाचित यस संस्थाका शेयर सदस्यहरु छत्रधर आत्रेय, जानुका अधिकारी, भरत ओझा, रञ्जना वराललाई सम्मान गरिएको थियो । साथै यसै शैक्षिक सत्रमा SEE उर्तिण हुने शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीको सात सिद्धान्त वाचन दयाराम भण्डारी र कार्यक्रम संस्थाका सचिव विश्वराज लामिछानेले गरेका थिए ।
Discussion about this post