असोज २४, पोखरा/ अचानक मस्तिष्तघात भई उपचारका लागि काठमाडौं गएका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी घर फर्किएका छन् । साउन १ गते उनलाई मस्तिष्कघात भएको थियो ।
हेलिकोप्टरमा काठमाडौं लगी जिसीको न्युरो अस्पताल बाँसबारी काठमाडौंमा अप्रेसन गरिएको थियो । अप्रेसनपछि काठमाडौंमै छोरी ज्वाइँको घरमा आराम गरिरहेका जिसी शनिबार पोखरा आइपुगेका हुन् ।
महानगरपालिकाकै गाडीमा शनिबार साँझ जिसी पोखरा आएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । जिसीको स्वास्थ्यमा सुधार आएको तर अझै केही समय फिजियो थेरापी भने गरिरहनुपर्ने भएकोसमेत बरालले सुनाए ।
Discussion about this post