उत्तम सुनार
लेखनाथ , १८ भदौ | साताको पहिला दिन आईतबार उच्च अंकले घटेको नेप्से सोमबार पनि सामान्य अंकले घटेको छ । बिगत केहिदिन देखि लगातार घटेको बजार सोमबार पनि कारोबार सुरु भएसँगै घट्न थालेको थियो बिचमा सामान्य सुघार आएपनि बजार बन्द हुँदा ६.६८ अंकले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा बन्द भएको हो । क वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव २८ अंकले घटेर ४ सय ८४ दशमलव ९८ पुगेको छ ।
कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । कुल ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा किनबेच भएको छ ।
Discussion about this post