लेखनाथ, असोज १८ । पोखरा २६ मा रहेको सनराईज क्लवले यहि असोज २४ गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
बिजयादशमीको अवसर पारेर ‘रक्तदान जिवनदान’ भन्ने उदेश्यका साथ क्लवले पांचौ पटक कार्यक्रम गर्न लागेको उपाध्यक्ष दुल बहादुर पुनले लेखनाथ खवरलाई जानकारी दिएका हुन्
पछिल्लो समयमा पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कोही पनि विरामीले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनेर रगत दान कार्यक्रम आयोजना गर्न लागिएको हो।
सिर्जना महिला समूह खेलकुद भवन पोखरा २६ मा विहान ७ः१५ वजे शुरु हुने रगतदान कार्यक्रम सफल बनाउन सम्पुर्ण सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुमा अनुरोध गरेको छ।
साथै क्लवको दोश्रो अधिवेशन समेत सोही दिन हुने पुनले बताए।
Discussion about this post