• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पोखरा रोयल सहकारीको २०औं वार्षिक साधारण सभा सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
October 2, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ असोज ।
पोखरा १० बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा क्या.चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सि.आई.हरिबहादुर गुरुङ्ग, उमा परियार र एकबहादुर गुरुङ्ग निर्वाचित भएको छ । यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा हर्कबहादुर गुरुङ्ग र सदस्यहरुमा खिमकुमारी गुरुङ्ग र नारायण सुवेदी निर्विरोध रुपमा चयन भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।
वार्षिक साधारण सभाको गण्डकी प्रदेश भूमि व्यवस्था,कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा श्री पराजुलीले पोखरा रोयल सहकारी नेपालकै उत्कृष्ठ सहकारी रहेको र यसले अरु सहकारीलाई समेत संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन सिकाउन पर्ने बताउनुभयो । साथै संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सल्लाहकार द्धय मेजर रामप्रसाद गुरुङ्ग, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा अविनास पौडेल, उत्कृष्ठ सदस्यहरुमा प्रभात पौडेल, पार्वती पौडेल बराल, उत्कृष्ठ बाल बचतकर्ता अञ्जली गुरुङ्ग, उत्कृष्ठ लघुवित्त केन्द्रतर्फ प्रथम हुने हरियाली रोयल केन्द्र, द्धितिय हुने शिशुवा रोयल केन्द्र र तृतिय हुन सफल साथीभाई रोयल केन्द्र र उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौडा सेवाकेन्द्रलाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै बीच २०औं वार्षिक साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गर्दै शेयर लाभांश तर्फ ८.०२ प्रतिशत, संरक्षित पूँजी फिर्ता कोष तर्फ बचत तर्फको कारोबारमा २.३७ र ऋण कारोबार तर्फ २.४० प्रतिशत लाभ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । हाल संस्थामा ७३४६ जना शेयर सदस्य रहेका छन् भने संस्थाले नियामक निकायको मार्गदर्शन बमोजिम साप्ताहिक रुपमा सदस्यहरुको उपस्थिति गर्दै साधारण सभा सम्पन्न गरेको हो । यसैबीच संस्थाको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले कोभिड संक्रमणका कारण ज्यान गुमाउने प्रत्येक सदस्यहरुको परिवारलाई प्रति सदस्य ५ हजार आर्थिक सहयोग गर्ने साथै कोभिड केयर शिर्षक अन्र्तगत रु.१० लाख सम्मको ऋणमा ८.८८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले जानकारी गराउनुभयो ।

 

Previous Post

अर्घौ कृषि सहकारीको ११ औं साधारण सभा

Next Post

सत्यता सहकारी नवौ बर्षमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सत्यता सहकारी नवौ बर्षमा

सत्यता सहकारी नवौ बर्षमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?