लेखनाथ, १६ असोज ।
कृषिको माध्यमबाट आय आर्जनमा जोडिनु पर्छ भन्ने महान उदेस्यका साथ स्थापना भएको अर्घौ कृषि सहकारी सस्था पोखरा २६ ले सनिवार आफनो ११ औं साधारण सभा मनाएको छ ।
साधारण सभाको उद्घाटन गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सरकारले ल्याएको एक सहकारी एक उत्पादनको अवधारणालाई आत्मसाथ गरि सहकारीहरुले सके सामुहिक रुपमा नसके आफनो मात्र सहकारीको भए पनि स्थानिय स्तरमा उपलब्ध सिप र स्रोतको परिचालन गरि पैसाको ब्यापार नगरी सेवा तथा वस्तुको ब्यापार गर्नु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिव्या रुपा सुवेदी,नारायणदत्त वस्ताकोटी,सम्मानित ब्यत्तित्व गणेशभक्त अधिकारी र नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटा लगाएतले सहकारीहरुले उत्पादन सिल क्षेत्रमा लगानी वढाएर आफना सेयर सदस्यहरुलाई आय आर्जनको बाटो सृजना गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा सस्थाका उपाध्यक्ष हरि वस्ताकोटी र सेयर सदस्य ईन्दिरा रोका लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमिति पदमा निर्वाचित हुनु भएकोमा सम्मान गरिएको थियो भने उत्कृष्ठ सहकारी अभ्यास तर्फ सोभा सुनार,बल बहादुर गर्वुजा पुन,जेष्ठ सदस्य काशीमायाँ विजयपती, गणेशभक्त अधिकारी र सहकारीकी ब्यवस्थापक सुनिता पोखरेललाई सम्मान गरिएको थियो ।
सस्थाका सचिव कलाधर पाण्डेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि वस्ताकोटीले गरेका थिए ।दुई सय १६ जना सेयर सदस्य रहेको सस्थाको सेयर पुजी एक करोड पाँच लाख ३० हजार छ सय रहेको छ ।
Discussion about this post