लेखनाथ, १६ असोज
जलेश्वर शिव मन्दिर ब्यबस्थापन समिति पोखरा -३१ बेगनासताल को दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।
सभाले भानुभक्त पौडेल को अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको छ। सभामा प्रमुख अतिथि गुरुमहाराज ध्यानीबाबा ले भगवान शिव र गणेश को मन्दिरमा जल अर्पण गरि कार्यक्रम को उद्घघाटन गर्नु भएको थियो। समितिका अध्यक्ष बिष्णुप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव र कोषाध्यक्ष ले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।उक्त सभाले संस्थामा उल्लेखनीय योगदान गरेका सल्लाहकार भरतप्रसाद तिवारी सदस्य बिष्णु बराल,शालिग्राम लामिछाने, सीता कार्की र मनबहादुर लालचनलाई कदर स्वरूप सम्मान गरिएको थियो।सभामा सुधा बराल ,पूर्वकोषाध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, उमामहेश्वर का अध्यक्ष नन्दप्रसाद तिवारी,गोरक्षनाथका अध्यक्ष खेमानाथ भट्टराई ,सल्लाहकार राममणि अधिकारी र भरतप्रसाद तिवारी ले पनि शुभकामन मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष भानुभक्त पौडेल ले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रम को सन्चालन सचिब शान्ति खनाल ले गरेकि थिइन ।
Discussion about this post