स्मीता अधिकारी
पोखरा, १३असोज
४२ औं बिश्व पर्यटन दिवशको अवसरमा नेपाल एशोसियसन फर ट्राभल एण्ड टुर्स एजेन्सीज (नाटा)ले पोखरा ३१ मा पर्ने बेगनासकोटमा एक दिने हाइकिङ सम्पन्न गरेको छ । बेगनासताल देशकै महत्वपुर्ण पर्यटकिय स्थल भएर पनि यस आसपासका क्षेत्र ओझेल परेको भन्दै यो हाइकिङ आयोजना गरिएको नाटाका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिनुभयो ।
नाटाले विगतका वर्षहरु देखिनै यात्रा मार्फत नयाँ नयाँ गन्तव्य पहिचान र पर्यटन प्रवद्र्धन गर्न समय समय मा हाइकिङ कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै बिच सोमबार बिश्व पर्यटन दिवसको अवसरमा बेगनासतालको मुहान स्याङखुदि देखि खनास्वारा, सिमलपाटा, गोल्थेपानी हुँदै बेगनासकोट सम्म करिव ५ किलोमिटर उकालो बाटो पैदल यात्रा गरिएको थियो ।
गण्डकी प्रदेशमा ट्राभल एण्ड टुर्ससँग सम्बन्धित बिभिन्न ४० जना पर्यटन व्यवसायि उक्त हाइकिङमा सहभागि थिए ।
यसै विच बेगनासकोटमा स्थानीयवासीहरुले बाजागाजा सहित उक्त हाइकिङ टोलिलाइ स्वागत गरेका थिए । बेगनास कोटभैरव क्षेत्र विकास संस्था, कोटबारी आमा समुह, इन्द्रेणी आमा समुह लगायतले स्वागत तथा फुलमाला गरेका थिए ।
बेगनास कोट एतिहासीक तथा धार्मीक महत्व बोकेको क्षेत्र हो । तत्कालिन बाइसे चौविसे राजाले शासन गरेको ठाउँ , दशैंको बेला बलि दिने ठाउँ पनि हो । यहाँबाट बेनासतााल र रुपाताल लगायत पोखराका बिभिन्न रमणीय ठाउँको दृष्यावलोकन गर्न सकिन्छ ।
यसै विच कार्यक्रमलाइ सम्बोधन गर्दै पोखरा वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापाले यस ठाउ को प्रवद्र्धनका लागि स्थानीयवासीले साथ दिएकोमा खुशि व्यक्त गर्नुभयो । यसलाइ पोखराकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैविच उक्त कार्यक्रममा बोल्दै स्थानीय युवा समाजसेवी श्रीराम कँडेलले संभावना भएर पनि बेगनासकोट ओझेल परेको भन्दै यो ठाउँलाइ उकास्न प्रदेश स्तरिय पर्यटन व्यवसायिहरुले चासो देखाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नाटाका अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोट भैरव धार्मीक क्षेत्र विकास संस्थाका अध्यक्ष भुपेन्द्र रानाभाट, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय , लेखनाथ होटल एशोसियसनका अध्यक्ष अर्जुन लम्साल, नाटाका सदस्य सुशिला अधिकारी सिग्देल लगायतले बोलेका थिए ।
Discussion about this post