जमुना वर्षा शर्मा, पोखरा । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको छ । नेपाल सरकारले झन्डै १८ महिनादेखिको बन्दाबन्दीबीचमा केही खुकुलो र अहिले लगभग खुला नै गरिसकेको छ । योसँगै असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्यहरु पनि खुला भएका छन् ।
पोखराको पर्यटनलाई चलायमान बनाउन पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाले अग्रसरता देखाएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाट्टा) गण्डकीको टोली भदौ १६ गते आन्तरिक पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले प्रदेश २ को भ्रमणमा पुग्यो । पोखरा र सिमरालाई हवाई उडानबाट जोडेर आन्तरिक पर्यटन प्रर्वधन गर्ने विषयमा भ्रमण लक्षित थियो ।
सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी प्रदेश सरकारका तर्फबाट पोखरा घुम्ने निम्ता दिइएको नाट्टा गण्डकीका महासचिव कमला गिरीले जानकारी दिइन् । गिरीका अनुसार निमन्त्रणलाई स्वीकार गर्दै मुख्यमन्त्री राउतसहितको एक टोलीले २ रात तीन दिनको बसाइमा पोखराका विभिन्न पर्यटकीय गन्तव्य भ्रमणसमेत गरे भने अन्तर प्रदेश पर्यटन प्रर्वधनमा सहकार्यका लागि धार्मिक, औद्योगिक, थप हवाई सेवा लगायतका विषयमा सम्झौतासमेत भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.
Discussion about this post