• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

कांग्रेस महाधिवेशनः आज पालिकामा मतदान

Ramsharan Nepali by Ramsharan Nepali
September 25, 2021
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतै प्रयास जारी छ । पोखरा महानगर र माछापुच्छ्रेको पदाधिकारीमा मात्रै निर्वाचन हुने सम्भावना छ । सदस्यहरु करिव सर्वसम्मत भइसकेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भइसकेको छ । यद्यपि घोषणा शनिबार मात्रै हुने छ । सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

रुपामा पनि करिब सर्वसम्मत भएको छ । सभापतिमा ३ जनाले उम्मेदवारी दिए पनि सहमतिमा मनोनयन फिर्ता लिने तयारी छ । विमलबाबु न्यौपानेलाई सभापति बनाएर आकांक्षीहरु लक्ष्मण थापा र खेम गुरुङ मनोनयन फिर्ता लिन सहमत भएका छन् । सुरुमा यहाँ गीमाया गुरुङ र ढकबहादुर थापाले पनि उम्मेदवारी घोषणा गरेका थिए ।

उपसभापतिमा गेसबहादुर गुरुङ र शंकरलाल श्रेष्ठ छन् भने सचिवमा बुद्धिबहादुर खड्का र विकल ओझा तथा सहसचिव विकाश ओझा र निर्मल केसी छन् । सदस्यहरु पनि सर्वसम्मत भएका नेता प्रकाशमोहन खनालले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकामा भने सर्वसम्मत नहुने देखिएको छ । त्यहाँ २ वटा प्यानलै घोषणा गरेर मनोनयन दर्ता भएको छ । मधुसुदन अधिकारीको नेतृत्वमा उपाध्यक्षहरु राम गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशव अधिकारी र सञ्जय लम्साल, सहसचिवमा बालकृष्ण गौतम र रवि अधिकारी रहेको एउटा समूह छ । यस्तै, वीरेन्द्र गुरुङको नेतृत्वमा प्रकाश गुरुङ र अमृतबहादुर क्षेत्री, सचिवमा गोविन्दप्रसाद ढुंगाना र चिजबहादुर विक, सहसचिव एक जनामात्रै महादेव गुरुङ राकेशको उम्मेदवारी परेको छ । मिल्ने सम्भावना नभएको उम्मेदवारहरु बताउँछन् ।

मादीमा अझै सर्वसम्मतको प्रयास भइरहेको छ । त्यसैले शुक्रबार मनोनयन समेत गरिएको छैन । यहाँ देवीजंग गुरुङ, अर्जुन गुरुङ र यामबहादुर गुरुङ दावेदार छन् । यसअघि ओमप्रकाश गुरुङले पनि दाबी देखाएका थिए तर अन्तिम समयमा उनी सहमति गर्दै प्रतिस्पर्धाबाट पछि हटेका छन् । पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेको छ । यहाँ ६ जनाले सभापतिमा आकांक्षा देखाएका छन् । पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, अर्का नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन् ।

उपसभापतिमा पनि ६ जनाकै मनोनयन दर्ता भएको छ । कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले मनोनयन दर्ता गराएका हुन् । २ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराए ।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् । अन्य पालिकामा पनि सदस्यको प्रतिस्पर्धा खासै छैन । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् । माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।

वडाजस्तै पालिकामा पनि महिलाको नेतृत्व करिब शून्य देखिएको छ । त्यसो त महिलाले आकांक्षा पनि देखाएका छैनन् । रुपामा गीमाया गुरुङले आकांक्षा देखाए पनि अन्तिममा ‘ब्याक’ भइन् । पोखरामा एक जना महिला उम्मेदवार छिन् ।

Previous Post

नयाँ सोच र युवा नेतृत्वको लागि उम्मेदवारी : तिवारी

Next Post

विजेतालाई उपविजेताको सम्मान !

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
विजेतालाई उपविजेताको सम्मान !

विजेतालाई उपविजेताको सम्मान !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?