• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

नयाँ सोच र युवा नेतृत्वको लागि उम्मेदवारी : तिवारी

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2021
in राजनीति, समाचार
0
0
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

‘आन्तरिक पार्टी सुदृढीकरण हाम्रो जिम्मेवारी, नयाँ सोच र नेतृत्वको लागि हाम्रो उम्मेदवारी’ नाराका साथ चुनावी प्रतिस्पर्धामा रहेका दाबेदार उम्मेद्वार हुन्, सुरेन्द्रबावु तिवारी ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगर समितिको सचिव पदमा उम्मेदवारी दिएका तिवारी पोखरा महानगरपालिका वडा ३१ निवासी हुन् । उनी भन्छन्, ‘कांग्रेसको भातृसंगठन नेविसंघ, तरुण दल लगायतका शुभेच्छुक संस्थाहरुमा काम गर्दै कांग्रेसलाई अझ मजबुद बनाउने र कांग्रेसको नेतृत्वमा एउटा इँट्टा थप्ने मेरो अभिप्राय छ, त्यसैले उम्मेदवारी दिएको हुँ ।’ कांग्रेससँग नीति छ, संगठन छ, विचार छ तर त्यसलाई कार्यक्रममार्फत सानोसानो रुपमा टोलटोलमा सामाजिक एवं पूर्वाधार विकासका कार्यक्रममा लगेर विकास हामी सबैको अधिकार हो भनी अगाडि बढाउने कार्यमा योगदान दिनुपर्ने उनको जोड छ ।

महाधिवेशनको लागि यतिबेला चुनावी प्रचारप्रसारमा होमिएका तिवारी आफूलाई सचिवमा उपयुक्त र सशक्त उम्मेदवार भएको दाबी गर्दछन् । विगत १५ वर्षदेखि प्राध्यापन र स्वतन्त्र परामर्शदाता/विकास सहजकर्ता एवं सामुदायिक विकास विज्ञ भएर कार्य गरेका तिवारी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व क्षेत्रीय सभापति र तरुण दलका पूर्व वडा सभापति र जिपी कोइराला अध्ययन केन्द्र, कास्कीका महासचिव हुन् ।

तमाम युवाको सोच र लगनलाई पार्टीको एजेन्डा, कार्यक्रम र नेतृत्वले आकर्षित गरेर आन्तरिक पार्टी सुदृढीकरण गर्नुपर्नेमा उनको भनाइ छ । पालिकाहरुको योजना बनाउने कार्यमा पनि निरन्तर खटिने गरेका छन्, तिवारी ।

रणनीतिक योजना बनाउँदा व्यवस्थापकीय कमजोरी रहेको हो कि भन्ने ठान्ने उनी कार्यक्रम बनाउने तहसम्म पुगेर नेतृत्वलाई खबरदारी गर्दै कांग्रेसको विचारलाई समाजमा फिजाउन सकिने बताउँछन् । आफ्नो विज्ञता, विभिन्न संघसंस्थाको अनुभव, पेसा, अध्ययन, तालिम एवं गाउँगाउँ घुमेको अनुभवबाट सिकेको ज्ञान उपयोग गर्ने उनको सोच छ ।

विकासप्रतिको लगाव छ, पार्टीको योजना र पार्टीको कार्यक्रममा लागु गर्न सक्छु भनी व्यवस्थापकीय पद सचिवमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे । उनी भन्छन्, ‘कांग्रेसको विधान मैले राम्रोसँग अध्ययन गरेको छु । काम, कत्र्तव्य र अधिकारलाई राम्रोसँग चिनेको छु ।’ बिपीको समाजवादलाई व्याख्या गरेर सानासाना कार्यक्रममार्फत जनतासम्म पुग्नुपर्ने उनको जोड छ । सचिवको व्यवस्थापकीय पदमा रहेर समयअनुकूल प्रविधिमैत्री बनाउँदै अघि बढ्न पनि आवश्यक रहेको तिवारी बताउँछन् ।

Previous Post

१४ औं महाधिवेशनको सरगर्मी बढ्दो, नेताहरुले दिए एकता महाधिवेशनको सन्देश

Next Post

कांग्रेस महाधिवेशनः आज पालिकामा मतदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

कांग्रेस महाधिवेशनः आज पालिकामा मतदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?