• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

विजेतालाई उपविजेताको सम्मान !

Ramsharan Nepali by Ramsharan Nepali
September 25, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
असाेज ९, २०७८ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास भएको छ । जसबाट अन्यलाई पनि सिको हुन सक्छ । र, सकारात्मक सन्देश प्रवाह गर्न सक्छ ।

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई उपविजेता उम्मेदवारले सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।

संघको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षत्रधर आत्रेयले संस्थाको प्रचलनभन्दा एक कदम अघि बढेर आयोजना गरिएको यस कार्यक्रम सह्रानीय भएको बताउँदै सबैले अनुशरण गर्नुपर्ने बताए । उनले यसपालिको संघको निर्वाचनमा बजारमा अनावश्यक चर्चा भएको बताउँदै निर्वाचनपछिको परिणामले हल्ला भएजस्तो प्रभाव नदेखिएको दाबी गरे । व्यवसायीले राजनीतिक रुपमा नभई विशुद्ध व्यवसायीको प्रतिनिधिको रुपमा मतदान गरेको उनको भनाइ छ ।

संघमा प्रथम उपाध्यक्षका उपविजेता प्रकाशलाल श्रेष्ठले अनावश्यक हल्लाको पछि नलागी एकता, सद्भाव र समुन्नतिको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । महाधिवेशनबाट सदस्यमा निर्वाचित इन्दिरा रोकाले निर्वाचन अगाडि सबै मिलेर एकतावद्ध भएर चुनावी प्रचारप्रसार एवं भेटघाटमा जुटेको स्मरण गर्दै निर्वाचनपछिको अवस्थामा मनमुटावका कुरा छोडेर विचलित नभई अगाडि बढ्नुपर्ने बताइन् ।

संघका निवर्तमान अध्यक्ष बलराम ढकालले उपविजेताले सम्मान गरेको कार्यक्रम नेपालमै पहिलो भएको दाबी गरे । उनले यो क्षण ऐतिहासिक, अविस्मरणीय र उदाहरणीय भएको बताउँदै प्रशंसा गरे । संघको पूर्वनिर्धारितत कार्यक्रम रोकिएको विषय तोडमोड एवं काल्पनिक कुरा गरेर दिग्भ्रमित पार्ने काम गरिएको बताउँदै यसतर्फ आत्मालोचित हुनुपर्ने उनको ठहर छ । चुनावका बेला देखिएको राजनीतिक प्रभावतर्फ संकेत गर्दै परिणामपछि पनि केही तत्वले बिकाउ कुरा गरेर भ्रम छर्न खोजेको र खेल्न खोजेकोमा आक्रोश व्यक्त गर्दै सत्य सधैं सत्य हुने र त्यसरी खेल्न खोज्नेहरु नै पत्तासाप हुने चेतावनी दिए ।

सदस्यमा निर्वाचित रञ्जना बरालले उद्यमशील महिलालाई अझै बढी उद्यमशील बन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी भरतकुमार अधिकारी, महासचिवका प्रत्यासी उम्मेदवार मेनुका श्रेष्ठ, सदस्यका प्रत्यासी एलपी ढुंगाना, निर्मल पौडेल लगायतले विजयी सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उपविजेतालाई सधैं सँगै मिलाएर लैजान र संघको एकता, सद्भाव र गरिमालाई कायम राख्न हरबखत तयार रहेको बताए ।

कार्यक्रम संयोजक धीरजकुमार श्रेष्ठले विजयी उम्मेदवारले उपविजेतालाई बोलाउने प्रचलनभन्दा माथि उठेर बधाई एवं सम्मान कार्यक्रम आयोजना गरिनुले सकारात्मक सन्देश प्रवाह हुने बताए । कार्यक्रममा सदस्य पदका प्रत्यासी उम्मेदवार राधाकृष्ण अधिकारीले सञ्चालन र कोषाध्यक्षका उपविजेता भीमबहादुर नेपाली काइँलाले धन्यवाद ज्ञापन गरेका थिए ।

Previous Post

कांग्रेस महाधिवेशनः आज पालिकामा मतदान

Next Post

गण्डकीमै पहिलो पटक Iso certified सिभिल ल्याब सन्चालनमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकीमै पहिलो पटक Iso certified सिभिल ल्याब सन्चालनमा

गण्डकीमै पहिलो पटक Iso certified सिभिल ल्याब सन्चालनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?