पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको चुनावी माहोल ह्वात्तै बढेको छ ।
पोखरा महानगरमा असोज ९ गते निर्वाचन हुँदैछ ।
पोखरा महानगरको विभिन्न पदमा आउनका लागि उम्मेदवारी दिएकाहरुले भेटघाट र छलफल तीव्र बनाएका छन् ।
यसैक्रममा महानगरको उपसभापतिमा उम्मेदवारी घोषणा गरेर पोखरा २७ का कांग्रेसका नेता प्रयागराज भण्डारी चुनावी मैदानमा ओलिएका छन् ।
उनले पार्टीका क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता कार्यकर्तासंग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
२०४३ सालमा नेविसंघमा आवद्ध भएका भण्डारीले २०७० सालमा पार्टीको क्रियाशील सदस्यता लिएका थिए ।
नेपाली सेनाको उच्च पदमा रहेर लामो समय देशको सेवा गरेका भण्डारीले पार्टीको लेखनाथ २ को उपसभापति भएर पनि काम गरेका थिए ।
उनले आफू उपसभापति भएर पार्टीको आन्तरिक सुदृढिकरण, सुशासन र पद्धतिमा ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
उनले लामो समय देशको सेवा गरेको र अबको बाँकी जीवन नेपाली कांग्रेसमार्फत जनताको सेवा गर्ने स्पष्ट पारेका छन् ।
पार्टीलाई बलियो र दरिलो बनाउन आफूले सकेको प्रयास गर्ने पार्टीका कार्यकर्तालाई उत्साहित बनाउन सक्रिय भएर लाग्ने उनको प्रतिवद्धता छ ।
भण्डारी दूरदर्शी र व्यवस्थापनका हिसावले अब्बल नेता भएको उनी निकटहरु बताउँछन् ।
उनले विजयपुर सिंचाइ आयोजनाको अध्यक्ष भएर गरेको काम निकै प्रशंसनीय रहेको उनीहरु बताउँछन् ।
Discussion about this post