• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको १३ औं महाधिवेशन विश्लेषण !!

व्यवसायीको निर्वाचन पद र प्रतिष्ठाको लडाईँ

Lekhnath Khabar by Lekhnath Khabar
September 22, 2021
in अर्थ खबर, विचार/ब्लग, समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
466
VIEWS
Share on FacebookShare on Twitter

-सचिन रानाभाट
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न मतदान पछि शनिबार राती नै मतगणनाको क्रममा खसेको मत बारे विवाद हुँदा सोमबार बिहान बाट मात्र मत गणना शुरु भएको थियो। निर्वाचन आयुक्तको प्राविधिक त्रुटि र संघ भन्दा बाहिर पहिलो पटक निर्वाचन गरेको अनुभव नभएकोले खसेको मत यकिन गर्न नसक्दा चुनावको २ दिन पछाडि मात्रै मतगणना कार्य प्रारम्भ भयो। संघको ईतिहासमा पहिलो पटक यस्तो बिबादास्पद घटना घट्नु संघको लागि मात्र नभई सम्पुर्ण व्यापारीहरुको शिर निहुराउने काम भएको छ । दुई दिन सम्म पनि विवाद चलिरहँदा घटना वारे कुनै सार्वजनिक बिज्ञप्ति जारी नगरेकोमा संघको बर्तमान नेतृत्वले चर्को आलोचना खेप्नुप¥यो।

उसो त कोभिड महामारीले सार्वजनिक समारोहको आयोजना गर्न रोक लगाएको बेलामा संघले भदौ १८ र १९ गते साधारणसभा तथा अधिवेशनको मिति तोकेर विवादमा तानिएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीको आदेश र सिसिएमसीको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै उक्त मिति सार्वजनिक गर्नुले संघको नेतृत्वको कार्यक्षमता माथी प्रश्नचिह्न खडा गरेको छ। सो मिति स्थगन संगै त्यसको केही दिनमा अर्को सुचना जारी गरेर असोज १ गते भर्चुअल साधारणसभा तथा असोज २ गते स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी निर्वाचनको मिति तोकिएको थियो।

विभिन्न १६ पदका लागि ३८ उम्मेदवार (एक फिर्ता) चुनावी मैदानमा होमिएका थिए। अध्यक्ष पद निर्विरोध भएपछि राजनीतिक रुपमा भिन्न भिन्न आस्था राख्ने उम्मेदवारहरु चुनावी मैदानमा उत्रिरहँदा व्यवसायीहरु व्यबसायीको उम्मेदवार बनेर भोट माग्न पुगेका थिए। तर बिस्तारै जिल्ला स्तर देखि केन्द्रिय स्तरका नेताहरुको रिमोट उम्मेदवारहरु माथि चल्न थाल्यो। उम्मेदवारहरु पनि राजनीतिक आडले चुनावी माहोल आफ्नो पक्षमा पर्ने कुरामा बिस्वस्त बने र भित्र भित्रै सल्किन थाल्यो राजनीतिक गठबन्धनको आगो।

चुनावको केहि दिन अघि कोषाध्यक्ष पदका एक उम्मेदवार भिम बहादुर नेपाली काँईलाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि देखियो राजनीतिको नाङ्गो नाच । केन्द्रिय नेता नै संलग्न भएर अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता गराउँदा उम्मेदवार नेपाली भने खुसी छैनन् । उम्मेदवारी दर्ताका बखत “बरु राजनीति छोड्छु तर उम्मेदवारी छोड्दिन“ भनेर एउटै राजनितिक खेमाबाट नेपालीले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी फिर्ता संगै एउटै खेमा बाट चुनावी मैदानमा उत्रेका नेपालीले अन्तिममा रामजी पौडेललाई समर्थन गर्न पुगे।

यद्यपि निर्वाचनको क्रममा देखिएको राजनैतिक आस्था अनुसारको बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनको नतिजा भने बिल्कुल फरक देखिएको छ। व्यबसायीहरुले नत बामपंथी लाई मात्रै भोट हाले नत प्रजातान्त्रिक खेमालाइ नै। नतिजाले प्रष्ट बताउछ कि राजनैतिक आस्था भन्दा पनि व्यक्ति हेरेर व्यबसायीहरुले भोट खसालेका हुन्।

वि सं २०६६ मा कार्यसमिति सदस्य पद हुँदै उद्योग वाणिज्य संघको यात्रा सँगै तय गरेका बिनोद श्रेष्ठ र भरत कुमार अधिकारी यसपालि वरिष्ठ उपाध्यक्ष पदमा प्रतिद्वन्द्वी देखिए। श्रेष्ठ यस अघिको कार्यकालमा प्रथम उपाध्यक्षमा सर्वसम्मत बनेका थिए भने अध्यक्षको दावेदारी प्रस्तुत गरेका अधिकारीले सर्वसम्मत गर्न सल्लाहकारमा खुम्चिएका थिए। यसो त वरिष्ठ उपाध्यक्ष पदमा पराजित भए लगत्तै अधिकारी आगामी महाधिवेशनमा अध्यक्ष पदको लागि तयारी गरिरहेको श्रोतले बताएको छ।

संघमा कार्यसमिति सदस्य हुँदै प्रवेश गरेका राजेन्द्र ओझा कोषाध्यक्ष र द्धितिय उपाध्यक्ष हुँदै प्रथम उपाध्यक्ष पदमा निर्वाचित भए। प्रतिद्वन्द्वी प्रकाश लाल श्रेष्ठ लामो जापान बसाई पछि नेपाल आए लगत्तै पुनः संघ प्रवेश गर्ने बाटो खोजिरहेका थिए तर उनको तगारो बने ओझा। द्धितिय उपाध्यक्ष सम्म बनेका श्रेष्ठको संघमा स्थापना काल देखि महत्वपूर्ण योगदान रहे पनि नयाँ पुस्ता हस्तान्तरण गर्नुपर्ने अभिमतले देखाएको छ।

उद्योग वाणिज्य संघको ९ औं अधिवेशन बाट सदस्य पदमा निर्वाचित हुँदै संघ प्रवेश गरेका गोपिचन्द्र बास्तोला द्धितिय उपाध्यक्ष पदमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी शैलेन्द्र मोहन भट्टराई पराजित बनेका छन । कोषाध्यक्ष, उपमहासचिव हुँदै महासचिवको अनुभव बटुलिसकेका बास्तोला साना व्यापारी देखि ठुला व्यापारी सम्म सरल पहिचान बनाएका व्यक्ती मानिन्छन्। भर्खरै निवर्तमान अध्यक्ष बनेका बलराम ढकालको छत्र छायांमा बसेका बास्तोला व्यबसायीहरु संग सधै प्रत्यक्ष सम्पर्कमा रहने गर्छन्। उनका प्रतिद्वन्दी बनेका भट्टराई संस्थागत सदस्य र मनोनीत हुँदै पहिलो पटक निर्वाचनमा सहभागी भएका थिए।

संघको ईतिहासमै पहिलोपटक महासचिव पदमा उम्मेदवारी दर्ता गराएकी मेनुका श्रेष्ठ लाई उनका प्रतिद्वन्दी उपेन्द्रराज सुवेदी राजुले ४ सय ६९ मतान्तरले हराउँदै महासचिव पदमा निर्वाचित बनेका छन्। संघको ईतिहासमै सबैभन्दा धेरै १ हजार १९ भोट ल्याएर सुवेदीले रेकर्ड समेत राखेका छन्। संघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल उपमहासचिव बनेका सुवेदीलाई श्रेष्ठको उम्मेदवारी भारी देखिन्थ्यो। यद्यपि चुनावी नतिजाको मतान्तर लाई विष्लेषण गर्ने हो भने श्रेष्ठका विरुद्ध सुवेदी हेभिवेट सावित भए। संघमा श्रेष्ठको महत्वपूर्ण योगदान रहे पनि मतदाताले उनलाई पदाधिकारीमा हेर्न नचाहेको प्रष्ट देखियो। यसअघि कोषाध्यक्ष पदमा चर्चा रहे पनि उम्मेदवारी घोषणा गर्ने दिनमा एकाएक श्रेष्ठले महासचिव पदमा उम्मेदवारी प्रस्तुत गरेकी थिईन्।

लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलोपटक पदाधिकारी सम्हालेकी जानुका अधिकारीले प्रतिद्वन्द्वी धिरज कुमार श्रेष्ठलाई ३०० मतान्तरले पराजित गर्दै उपमहासचिव पदमा निर्वाचित भएकी छन्। कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालीसकेकी अधिकारीले पपुलेशन एन्ड जेन्डर डेभलपमेन्टमा मास्टर्स सकेकी छन्। उनलाई संघको भावी महिला नेतृत्वको रुपमा समेत हेरिएको छ ।

संघको सदस्य पदमा रहेर आर्थिक क्रियाकलापमा उत्कृष्ट योगदान दिएका भरतराज ओझाले प्रतिद्वन्द्वी रामजी पौडेललाई पराजित गर्दै कोषाध्यक्ष पदमा निर्वाचित भएका छन । कोषाध्यक्ष पदका एक उम्मेदवार भिम बहादुर नेपाली काँईलाले चुनावको २ दिन अगाडी गरेको उम्मेदवारी फिर्ताले प्रतिद्वन्द्वी भरत राज ओझालाई प्रत्यक्ष फाईदा पुगेको देखियो।

यता महिला सदस्य पदमा गंगा कुमारी मल्ल र रन्जना बराल निर्वाचित हुँदा यसअघि आमन्त्रित सदस्य रहेकी बुद्धि कुमारी मगरले समेत पराजय भोग्नु प¥यो।

खुला सदस्य पदमा भने ४ जना नयाँ अनुहार सहित वांकी ४ जना पुनः सदस्य पदमा निर्वाचित बनेका छन् । यसरी हेर्दा मतदाताले बाम गठबन्धन र प्रजातान्त्रिक खेमाका उम्मेदवार भन्दा पनि व्यक्ति विषेशलाई प्राथमिकतामा राखेर मत जाहेर गरेको देखिन्छ।

अध्यक्ष पद बाहेकका निर्वाचित तिन जना वरिष्ठ, प्रथम र द्धितिय उपाध्यक्ष बाम गठबन्धनका रहेका छन् भने महासचिव, उपमहासचिव र कोषाध्यक्ष प्रजातान्त्रिक खेमाबाट निर्वाचित बनेका हुन्। बाम गठबन्धनको बलियो पकड रहे पनि सदस्य पदमा भने २ जना बाहेक अन्य सदस्य प्रजातान्त्रिक खेमाबाट निर्वाचित भएका छन् । यसो त प्रजातान्त्रिकलाई बलियो भन्ने खोजेको पक्कै होईन किनकि संघमा अत्याधिक मत हासिल गर्ने उम्मेदवार सोही खेमाका रहेका छन्।

व्यबसायलाई प्रत्यक्ष रुपमा राजनीति संग जोडेर हेरिने हरेक निर्वाचनमा ध्रुवीकरण हुनु सामान्य जस्तै बनेको छ। अन्त्यमा १३ औं महाधिवेशनलाई उम्मेदवारको खर्चको हिसाबले तटस्थ बनेर समिक्षा गर्ने हो भने आगामी महाधिवेशनमा सामान्य व्यबसायी संघमा प्रवेश गर्न घर घडेरी बेच्नु पर्ने अवस्था नआउला भन्न सकिन्न। व्यबसायीको हक र हितमा प्रत्यक्ष जोडिएर काम गर्न संघ प्रवेश गर्नुलाई व्यक्तिको पद र प्रतिष्ठा संग पनि जोडिएको छ।

 

Previous Post

लेउवा संघको मतगणना सम्पन्न, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

Next Post

कांग्रेस पोखरा महानगरको उपसभापतिमा नेता भण्डारीको उम्मेदवारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कांग्रेस पोखरा महानगरको उपसभापतिमा नेता भण्डारीको उम्मेदवारी

कांग्रेस पोखरा महानगरको उपसभापतिमा नेता भण्डारीको उम्मेदवारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?