• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको मतगणना सम्पन्न, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

Lekhnath Khabar by Lekhnath Khabar
September 21, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
992
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असोज ५ । लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनको लागी शनिवार सम्पन्न मतदान कार्यक्रम को मतगणना सम्पन्न भएको छ ।

सोमबार राति अबेर गरि आएको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष मतमा विनोद श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना प्रतिष्पर्धी भरत कुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गरेका हुन । उनले कुल ८ सय १ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी भरत कुमार अधिकारीले ७ सय ४३ मत प्राप्त गरेका थिए । भावी अध्यक्षको रुपमा समेत हेरीने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष श्रेष्ठ र सल्लाहकार अधिकारी चुनावी मैदानमा उत्रेका थिए ।

यस्तै प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन । उनले आफ्ना प्रतिद्धन्दी प्रकाशलाल श्रेष्ठ लाई १ सय ५२ मतले पछाडी पारेका हुन । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा उनका प्रतिष्पर्धी श्रेष्ठले ४ सय ७९ मत ल्याएका छन । उक्त पदमा यस अघिका द्धितीय उपाध्यक्ष ओझा र पुर्व द्धितीय उपाध्यक्ष श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए ।

संघको द्धितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन । उनले आफ्ना प्रतिद्धन्दी शैलेन्द्रमोहन भटृराईले १सय ४७ मतले हराएका हुन । बाँस्तोलाले कुल ८ सय ५३ मत ल्याउँदा उनका प्रतिद्धन्दी भटृराईले ७ सय ६ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन भने भटृराई कार्यसमिति सदस्य हुन ।

निर्वाचनमा ऐतीहासिक मत ल्याउन सफल उपेन्द्रराज सुवेदी(राजु)ले ४ सय ६९ को फराकिलो मतान्तरले आफ्ना प्रतिद्धन्दी मेनुका श्रेष्ठलाई पराजित गर्दै महासचिव पदमा विजयी भएका छन । सुवेदीले अहिलेसम्मकै सर्वाधिक १ हजार १९ मत ल्याउन सफल भएका छन भने श्रेष्ठले जम्मा ५ सय ५० मत मात्र प्राप्त गरिन । सुवेदी यसअघि संघका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य रहेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो पटक पदाधीकारी बनेर ऐतीहासिक काम गरेकी जानुका अधिकारी प्रत्यासी धिरज कुमार श्रेष्ठलाई पराजीत गर्दै उप–महासचिव पदमा निर्वाचित भएकी छिन । उनले श्रेष्ठलाई ३ सयकोे मतको फराकिलो अन्तरले पराजित गरेकी हुन । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले ६ सय ३३ मत प्राप्त गरेका थिए ।

यस्तै भरतराज ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतले पराजित गर्दै कोषाध्यक्ष पदमा विजयी भएका छन । उनले ७ सय ५७ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले ६ सय ६२ मत ल्याएका थिए । चुनावको २ दिन अगाडी उम्मेदवारी फिर्ता लिएर पौडेललाई सर्मथन गरेका भिम बहादुर नेपाली(काईला) ले १ सय २८ मत प्राप्त गरे । अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिदा यसको प्रत्यक्ष फाईदा ओझालाई पुग्न गएको छ ।

यता सदस्य खुल्लातर्फ उम्मेद्वारी दिएका २० जना उम्मेद्वारहरुलाई पराजित गर्दै ८ जनाले जित हासिल गरेका छन । विजयी हुनेहरुमा विक्रम कर्माचार्य, बुद्धि प्रसाद बाँस्तोला, ध्रुवबाबु भटृराई, ईन्दिरा रोका, जिवन तिवारी, भरत थापा, पुष्पमणि भण्डारी र हरी वस्ताकोटी रहेका छन ।

सदस्य मध्येबाट विक्रम कर्माचार्यले ९ सय ५८ मत ल्याएका छन भने बुद्धि प्रसाद बाँस्तोलाले ८ सय ९२, ध्रुवबाबु भटृराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरी वस्ताकोटीले ६ सय २९ मत ल्याउन सफल भएका हुन ।

यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्येबाट २ जना विजयी भएका छन । विजयी हुनेहरुमा गंगा कुमारी मल्लले ८ सय ९५ मत प्राप्त गरेकी छिन भने रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरेकी छिन ।

संघको १३ औं महाधिवेशनमा यस अघि नै अध्यक्ष पदमा वर्तमान छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित भईसकेका थिए । विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै विजयीको प्रमाणपत्र प्रदान गरिएको छ ।

Previous Post

लेउवा संघको निर्वाचनमा सदस्य (खुल्ला) तर्फ ८ जना विजयी

Next Post

लेउवा संघको १३ औं महाधिवेशन विश्लेषण !!

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघको १३ औं महाधिवेशन विश्लेषण !!

लेउवा संघको १३ औं महाधिवेशन विश्लेषण !!

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?