• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालको वार्षिक समिक्षा

Lekhnath Khabar by Lekhnath Khabar
September 19, 2021
in समाचार, स्थानीय
0
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, असोज ३ । पोखरा–३० मोहोरीयामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालको वार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले उद्घाटन गरेकी हुन ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङ्गले स्वास्थ्य क्षेत्र अति संवेदनशिल क्षेत्र भएको र प्राविधिक विषय भएको वताउँदै राजनिति गर्ने र प्रशासन चलाउनेविच सहकार्य हुनुपर्ने वताईन ।
उनले भनिन–“स्वास्थ्य क्षेत्रमा प्राविधिक रुपमा दक्ष एवं विशेषज्ञता हासिल गरेका जनशक्ति हुँदा हुँदा पनि कहिलेकाँही प्रशासनिक रुपमा कुशल भुमिका निर्वाह गर्न नसक्ने हुन सक्छ, त्यसकारण हामिले त्यो खालको अपेक्षा गर्नुभएन, बरु राजनितिक एवं प्रशासनिक नेतृत्व विच सहकार्य हुनुप¥र्यो ।”
मन्त्री गुरुङ्गले विकास पछाडी फर्केर हैन अगाडी बढेर गर्नुपर्ने वताउँदै प्रदेशका ११ वटै अस्पतालमा मानव संसाधन, लेखा प्रणाली लगायतको समस्या रहेको र समस्या समाधानको लागी मन्त्रालयमार्फत पहल गर्ने वताईन ।
सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको वताउँदै सिमित श्रोत र साधनका वावजुत पनि संक्रामक तथा सरुवा रोग अस्पतालले छोटो समयमा हासिल गरेको उपलब्धीका लागी धन्यवाद तथा वधाई व्यक्त गरेकी थिईन ।
कार्यक्रममा गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरले अस्पताल प्रदेश सरकारकै गौरवको आयोजना भएको वताउँदै आगामी दिनहरुमा पनि सोहि प्राथमिकतामा राखिने विश्वास व्यक्त गरेका थिए ।
यस्तै प्रदेशका चिकित्सा सेवा तथा अस्पताल विकास महाशाखाका प्रमुख डा. राम बहादुर केसीले अस्पताल स्थानीयको ठुलो योगदानले स्थापना भएको वताउँदै आगामी दिनमा विशेषज्ञ सहितको अस्पतालको रुपमा विकास होओस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक खिम बहादुर खड्काले प्रदेशमा जनशक्तिको अभाव भएको र विगतलाई फर्केर हेर्दा उत्साहजनक प्रगती भएको पाईएको वताउँदै यसलाई स्वास्थ्य दृष्टिकोणले अग्रगमन भएको मान्नुपर्ने वताएका थिए ।
वार्षिक समिक्षा कार्यक्रममा अस्पतालका सुचना अधिकारी केदारनाथ लामिछाने, विशेषज्ञ चिकित्सक डा. सचिन कोईराला र नर्सिङ्ग ईञ्चार्ज नम्रता बाँस्तोलाले प्रगती र समस्याहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मीक सेवा, सघन उपचार सेवा, कोरोना संक्रमितका लागी आईसोलेसन वार्ड, प्रयोगशाला सेवा, एक्सरे एवं भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको अस्पतालले गत आर्थिक वर्षमा ८ सय २३ जना कोरोना संक्रमितको उपचार, कुल ३ हजार २ सय ४० विरामीहरुलाई स्वास्थ्य सेवा दिनुका साथै फार्मेसी सेवा सञ्चालनबाट १२ लाख १६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
५ जना नर्स रहेको अवस्थाबाट हाल नर्सहरुको संख्या ४४ जना पु¥याईएको र प्रदेशभित्रका १० वटा जिल्लाका विरामीहरुलाई सेवा दिन सफल भएपनि कर्मचारीहरुका लागी आवास सुविधा नभएको, दिर्घकालीन जोखीम भक्ता पाउन नसकिएको, विशेषज्ञ चिकित्सक आर्कषणको कार्यक्रम नभएको, क्यान्टीन, पार्किङ लगायतको समस्या रहेको वताईएको थियो ।
अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य डा. ध्रुव वहादुर अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक विकास गौचनले गरेका थिए ।

Previous Post

सुरक्षा पालुवा सहकारी को १५ औं साधारण सभा सुरु

Next Post

दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?