सचिन रानाभाट लेखनाथ २५ भदौ
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा बिरेन्द्र भण्डारीले सदस्य पदमा उम्मेदवारी दिएका छन् । आजको कृषि तथा पशुपालन व्यबसायिको आवश्यकता उद्योग वाणिज्य संघको नेतृत्व भन्ने नारा बोकेर भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रेका हुन्।
उनी भन्छन् – ” म किसानको एकमात्र प्रतिनिधि हुँ, उद्योग वाणिज्य संघमा आवद्ध सम्पुर्ण किसानले भोगेको समस्या लाई उद्योग वाणिज्य संघ मार्फत विभिन्न निकायसंग सहकार्य गरि सहज र सुलभ बनाउन मैले उम्मेदवारी दिएको हुँ”।
किसानले बीउ बिजन, मल, अनुदान, बस्तुको उचित मूल्य तथा बजार नपाउनु जस्ता विभिन्न समस्या भोग्दै आएका छन्। आफू एक किसान समेत भएको ती समस्या समाधान गर्न आफुले पहल गर्ने बताएका छन्। त्यसैले एक भोट किसानका प्रतिनिधि क्रस ३ का बिरेन्द्र भण्डारी लाई दिन अपिल समेत गरेका छन्।
कास्की दुग्ध व्यबसायी संघका अध्यक्ष रहेका भण्डारी स्मृति गाईभैसी फार्म तथा दूध बिक्री केन्द्रका संचालक हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनका सह सचीव तथा अरुणदय दुग्ध उत्पादन तथा नश्ल सुधार सहकारीको कोषाध्यक्षमा कार्यरत छन्।
उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन यहि असोज २ गते हुँदैछ।
Discussion about this post