लेखनाथ २६ भदौ
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा निर्मल पौडेलले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
व्यबसायिक एकता नै आजको आवश्यकता भन्ने नाराका साथ पौडेल चुनावी प्रतिस्पर्धामा उत्रेका हुन्।
उनी भन्छन् – ” म व्यबसायीहरुको हक हित र मन जोड्नका निम्ति उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएको हुँ”।
कार्यसमिति सदस्य पदमा निर्वाचित भए साना तथा फुटकर व्यापारीको पक्षमा हुने गरेका थिचो मिचो र गुनासो संघ सम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने बताए।
त्यसैले एक भोट क्रस १५ का निर्मल पौडेल लाई दिन अपिल समेत गरेका छन्।
एन आर स्टोर तथा एरिका ट्रेड सप्लायर्सका संचालक रहेका पौडेल लेखनाथ उद्योग वाणिज्य संघको विभिन्न उपसमितिमा रहेर काम गरेको अनुभव बटुलेका छन्। अधिकृत तथा थोक बिक्रेता लेखनाथका सचिब रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन्। उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन यहि असोज २ गते हुँदैछ।
Discussion about this post