लेखनाथ २५, भदौ
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा पोखरा २९ का घन बहादुर छन्त्याल लक्ष्मणले आफ्नो उम्मेदवार घोषणा गरेका छ्न्। अग्रजलाई सम्मान, युवालाई अवसर र प्रोत्साहन आजको आवश्यकता भन्ने एजेन्डाका साथ उनले कास्की क्षेत्र नं १ मा अल्पसंख्यक कोटा मार्फत उम्मेदवारी दिएका हुन्।
लामो समय नेपाल तरुण दलमा विभिन्न पदमा रहि नेतृत्व समेत लिएर नेपाली कांग्रेसको राजनीतिमा अगाडी बढेका छन्त्यालले आफ्नो उम्मेदवारले अग्रजको सम्मान गर्दै युवा हरुको आवाजलाई पार्टिको माथिल्लो तह सम्म पुर्याउन सहयोग गर्ने बताएका छन्।
कास्की क्षेत्र नं १ बाट निर्वाचित सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, बडा ईकाई सभापति तथा सम्पुर्ण शुभेच्छुक हरुलाई धन बहादुर छन्त्याल लक्ष्मणलाई अल्पसंख्यक कोटामा बिजयी गराईदिनुहुन अपिल समेत गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन यहि असोज १ गते हुँदैछ।
Discussion about this post