पोखरा । मादीका केम बहादुर गुरुङ कम्युनिष्ट राजनीति छोडेर काँग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट राजनीति छोडेर शुक्रबार उनी काँग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशपछि उनले कम्युनिष्टको सिद्धान्त र व्यवहारबाट आक्रान्त भएर काङ्ग्रेस को सितल छहारीमा आएको बताए । बौद्धिक प्रभावशाली,उर्जाशिल , युवाहरू र आम समुदाय माझ लोकप्रिय र विश्वासिलो ब्यक्तित्व गुरुङ लामो समय देखि प्राध्यापन क्षेत्रमा छन् । कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका उनी मादी गाउपालिका १० का स्थायी बासिन्दा हुन् । उनको काँग्रेस आगमनले मादि गाउपालिका १० झन शसक्त हुने काँग्रेसले बताएको छ । उनको पार्टी प्रवेशले आम कार्यकर्तामा नयाँ उर्जा थपको छ ।
उनलाई नेपाली काँग्रेसका पार्टी सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउवाले काँग्रेसको सदस्यता दिएका थिए ।
Discussion about this post