पोखरा , भदौ १०– साताको अन्तिम दिन बिहिबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । दुई दिन लगातार उच्च अङ्कले घटेको बजार बिहीवार भने १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
बिहिबार विकास बैंक समुहको सबैभन्दा धेरै दुई सय ४१ अङ्कले ,जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ । बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।
आज कुल दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ९३ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
Discussion about this post