लेखनाथ, ९ भदौ । लायन्स क्लव अफ पोखरा लेखनाथ तथा पोखरा लेखनाथ आरंभको संयुक्त आयोजनामा भएको रत्तदानमा ३३ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकमा भएको रक्तदानमा पहिलो रत्तदाता लायन्स क्लव पोखरा लेखनाथ आरंभकी अध्यक्ष आरती पन्थलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लव ३२५ वी १ नेपालका पुर्व गभर्नल ध्रुव थापाले रगतको अभावले कोहीले पनि ज्यान गुमाउन नपरोस भन्दै रत्तदानको क्षेत्रमा लायन्स क्लवले अभियान नै संचालन गरेको बताउनु भएको थियो ।
कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, कलस्टर प्रमुख मधुसुधन कोईराला, क्लवका निर्देशक शैलेन्द्र मोहन भटराई, आई एम कोर्डिनेटर मोतीराज तिमिल्सेना, रिजन चियर पर्सन कृष्ण प्रसाद तिमिल्सेना, ब्लड डोनेसन चिफ महेश्वर पौडेल, क्लवका संस्थापक अध्यक्ष हरि वस्ताकोटी, समाजसेवी राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका उप–महासचिव उपेन्द्रराज सुवेदी, कोषाध्यक्ष जानुका अधिकारी, सदस्य रामजी पौडेल, ईन्दिरा रोक्का, संघका पुर्व महासचिव भरत कुमार अधिकारी, पुर्व द्धितिय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले रत्तदानको महत्व र उपयोगीताका बारेमा प्रकाश पारेका थिए ।
क्लवका अध्यक्ष घनश्याम ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष आनन्द बजगाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अर्जुन भुजेलले गरेका थिए ।
Discussion about this post