लेखनाथ, ९ भदौ । लेखनाथ जेसीजले यहि भाद्र १० गतेदेखी १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गरी सामाजीक दुरी कायम गरेर कार्यक्रम गरीने क्लवले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
‘सम्भावनाको खोजी गरौं’ भन्ने प्रकरणका साथ आयोजना गरीने सप्ताहव्यापी कार्यक्रम अन्र्तगत १० गते बिहिबार खाद्यान्न तथा स्टेशनरी वितरण कार्यक्रम, ११ गते शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम, १२ गते शनिबार मैत्रिपुर्ण फुटसल प्रतियोगिता, १३ गते आईतबार माक्स लगाउन प्रेरीत गर्ने उद्धेश्यले जनचेतना कार्यक्रम गरीने मुल संयोजक जेसी कृष्ण तिवारीले जानकारी दिए ।
यस्तै १४ गते सोमबार मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता, १५ गते मंगलबार रक्तदान कार्यक्रम र अन्तिम दिन १६ गते बुधबार पुरस्कार वितरण कार्यक्रम गर्दै समापन गरिने क्लबले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रमलाई सफल पार्न प्रत्येक कार्यक्रमको लागी संयोजक तोकेर जिम्मेवारी दिईएको क्लवका अध्यक्ष नवराज पौडेलले वताए ।
कार्यक्रममा पुर्व अध्यक्ष ऋषिराम जमरकटृेलले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुल संयोजक कृष्ण तिवारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए ।
Discussion about this post