• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउबा संघको १३ औं महाधिवेशन: डेमोक्रेटिक भर्सेज कम्युनिस्ट !

Lekhnath Khabar by Lekhnath Khabar
August 23, 2021
in अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
486
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट/भदौ ६,  । साविक लेखनाथ क्षेत्रको निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदै गर्दा एकपछी अर्को गर्दै उम्मेदवार सामाजिक संजाल मार्फत उम्मेदवारी सार्वजनिक गरिरहेका छन् । भदौ १८ र १९ गते तोकिएको महाधिवेशन नजिकिएसँगै विभिन्न पदका आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् । संस्थापन पक्षबाट बर्तमान कार्यसमिति पदाधिकारी हरुको एक एक तह बढुवा हुने गरि उम्मेदवारको चर्चा छ भने उचित ठाउँ नपाएका सदस्य हरु बिद्रोह गर्ने तयारीमा छन्।

अध्यक्ष पदमा बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय बलियो दावेदार मानिन्छन् । उनको विरुद्धमा लड्ने आकांक्षी नभएपछि अध्यक्ष पद सर्वसम्मत हुने जस्तै देखिन्छ यद्यपि मंगलबार सम्म यसको टुङ्गो लाग्नेछ।

अन्य पदमा भने निर्वाचन हुने सम्भावना धेरै रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारी बिच प्रतिष्पर्धा हुने देखिन्छ। आगामी अध्यक्षको रुपमा प्रमुख दावेदार हुने वरिष्ठ उपाध्यक्ष पदमा  देवराज पन्थीको समेत संभावना रहेको श्रोतले बताएको छ।
त्यस्तै प्रथम उपाध्यक्षमा एकल उम्मेदवार राजेन्द्र ओझा, द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई तथा गोपिचन्द्र बास्तोलाको प्रतिष्पर्धा हुने संभावना छ।
यता महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजु उठ्ने भएका छन् । अघिल्लो कार्यसमितिमा महसचिव पदका उम्मेदवार रहेका ऋषिराम जमरकट्टेल यसपालि पनि महासचिवमा दावेदारी दिने मनसाय बनाएपनी स्पष्ट रुपमा बाहिर आउन नसक्दा सुवेदी सर्वसम्मत बन्ने देखिन्छ।
यता उपमहासचिव पदमा भने वर्तमान कार्यसमिति कै सदस्य बिच प्रतिस्पर्धा हुने देखिन्छ । वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका पराजुली र सदस्य धिरजकुमार श्रेष्ठ बिच प्रतिस्पर्धा हुने प्रारम्भिक जानकारी छ। महिला उम्मेदवार भएकै कारण पराजुलीको पल्ला भारी हुने देखिए पनि श्रेष्ठले कडा टक्कर दिने देखिन्छ।

सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा तिनपटक सदस्य रहेकी मेनुका श्रेष्ठ र प्रतिष्पर्धामा रामजी पौडेलको चर्चा छ। भिम बहादुर नेपाली काईला र भरत ओझा पनि कोषाध्यक्ष पदमा आकांक्षी मानिन्छन्।

पदाधिकारीमा आकांक्षी देखीएका मध्ये अधिकांश उम्मेदवार डेमोक्रेटिक भर्सेज कम्युनिस्टका विरुद्धमा उत्रन लागेको देखिन्छ।
यता सदस्य पदमा भने यसपाली धेरै नयाँ अनुहार देखिने निश्चित छ। सन्ध्या दाहाल, बुद्धिप्रसाद बास्तोला, धुर्वबाबु भट्टराई, राधा कृष्ण अधिकारी, ईन्दिरा रोक्का पुन सदस्यमा दोहोरीने छन् भने नयाँ अनुहारमा कमल लामिछाने, हरि बस्ताकोटी, पुष्प भण्डारी,धुर्व केसि, राजन बड्गामी, जीवन तिवारी, गंगा मल्ल, महेश्वर आचार्य, बिजय गुरुङ, अर्जुन भण्डारी लगायतका व्यबसायी हरुको धेरै संभावना रहेको श्रोतले बताउँछ।
अध्यक्ष संगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ । संघमा हाल १ हजार ७ सय ५१ व्यबसायी आवद्ध रहेका छन्।

Previous Post

लेउवासंघको महासचिवमा सुवेदी र जमरकट्टेल भिड्ने

Next Post

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत, अन्य पदमा चुनाव हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउबा संघको १३ औं महाधिवेशन भदौमा, आत्रेय सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत, अन्य पदमा चुनाव हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?