लेखनाथ २९ साउन
लेखनाथ उद्योग वाणिज्य संघको आगामी १३ आौ महाधिवेशनमा महासचिव पदमा २ जनाको उम्मेदवारी आउने भएको छ । हाल उपमहासचिव रहेका उपेन्द्रराज सुवेदी र अघिल्लो कार्यकालमा माहासचिवका उम्मेदवार ऋषी जमरकट्टेल प्रतिष्पर्धी वन्ने भएका छन् ।
अघिल्लो पटक झिनो मतले पराजित बनेका जमरकट्टेल यस पटक आफुलाई सुधार गरी ठोट योजना वनाई भिड्ने तयारीमा जुटेका छन् । करिव १० वर्ष अघि देखी संघका विभिन्न पदमा कार्य गर्दै आएका उनी यो पटक आफ्नो पक्षमा जित हात पार्ने बताउँछन् ।
त्यसै गरी अर्का उम्मेदवार सुवेदी हालका उपमहासचिव हुन् । उनी यस अघी एसोसिएट सदस्य, कार्यसमिती सदस्यमा रहँदा सवैभन्दा धेरै मतका साथ विजयी बनेका थिए । सुवेदी लेखनाथ उद्योग वाणिज्य संघका संस्थापन तर्फका मानिन्छन् । उनलाई संघमा प्रवेश गरे देखी पराजीत हुन परेको छैन ।
Discussion about this post