• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको महत्वाकांक्षी असफल योजनाहरु

Lekhnath Khabar by Lekhnath Khabar
August 11, 2021
in अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
462
VIEWS
Share on FacebookShare on Twitter

साउन २७, लेखनाथ। लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन भदौको १८ र १९ मा हुने भएको छ।संघले नयाँ नेतृत्व पाउने महाधिवेशन नजिकिदै गर्दा व्यबसायी हरु बिच एक खाले आंकलन दैनिक जसो भईरहेको छ। यसपटक पनि संस्थापन पक्षकै सिण्डीकेट र पाइपलाइनकै उम्मेदवारहरु चुनावी मैदानमा देखिदैं छन् । वर्तमान कार्यसमितिका पदाधिकारीहरुको एक तह वढुवा जस्तै हुने गरी उम्मेदवारको चर्चा रहेको छ । बिशेषत राजनैतिक भागवण्डामा पदाधिकारी चयन हुने परम्परा यसपाली पनि कायम हुने देखिन्छ।

अब कुरा गरौं संघका केहि असफल योजनाहरु बारे।
लेखनाथ उद्योग बाणिज्य संघले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको कृषि उपज बजार अहिले अलपत्र परेको छ । पोखरा महानगरको वडा नं. २७ मा निर्माण भएको कृषि उपज बजार एक बर्ष देखि सञ्चालनमा ल्याउन नसक्दा अलपत्र परेको हो । एकबर्ष अघि निर्माण सम्पन्न भएर उद्घाटन भएको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा संघले एक करोड भन्दा बढी लगानी गरेको छ । पोखरा महानगर, प्रदेश सरकार, संघिय सांसद र संघले संकलन केन्द्रमा एक करोड भन्दा बढी खर्च गरेका हुन । यस्तै सोही केन्द्रमा स्थापना गरिएको कोल्डस्टोर समेत संचालन आउन सकेको छैन । उसो त कोभिड संक्रमणका कारण मेला महोत्सव गर्न नसक्दा संघलाई बार्षिक ५० लाखको हाराहारीमा आर्थिक नोक्सानी भएको छ । बार्षिक भाडा र स्टेज समेत अहिले अलपत्र जस्तै बनेको छ ।
संघका वर्तमान अध्यक्ष बलराम ढकाल र कार्यसमितिले अघि सारेका कतिपय योजनाहरु कार्यन्वयन नै नभई तुहिएका छन् । संघले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको च्याम्बर भिलेज नाम मात्रैमा सिमित भएको छ । यस्तै बेगनासतालमा हरेक शुक्रबार गरिने भनिएको बेगनास पर्यटन प्रवद्र्धन कार्यक्रम समेत अलपत्र परेको छ । यसैगरी संघले गर्न सक्ने मध्येकै अगाडी सारेको एउटा प्रोजेक्ट कोशेली घर निर्माण दुई बर्षमा समेत हुन सकेन ।

यसो त एक हजार ७ सय भन्दा बढी व्यबसायी संगठित संघले आफ्ना मातहतका व्यबसायिलाई कोभिड विरुद्धको खोपको सुनिश्चितता समेत गर्न सकेको छैन। कोभिड पछि कति व्यवसायी पलायन भए, कति उद्योग धन्दा बन्द भए, यसले लेखनाथ क्षेत्रमा कस्तो प्रभाव पर्यो, राहतका प्याकेज के के हुन सक्छन र कुन निकायसँग लविङ गर्ने, लेखनाथका व्यवसायीले कति कर सरकारलाई तिर्छन्, यहाँको व्यवसायिक आम्दानी, प्रतिव्यक्ति आय, कोभिड पछिको व्यवसायिक सम्भावना समेतका बिषयमा समेत संघले कुनै प्रतिवेदन समेत तयार गर्न सकेको छैन ।
व्यवसायिक सदस्य शुद्धिकरण लगायतको काम समेत संघले गर्न नसक्दा आगामी निर्वाचनमा त्यस्ता सदस्यले समेत प्रभाव पार्ने देखिन्छ ।
डन न्युजको सहयोगमा।

Previous Post

वाईसिएल नेपाल पोखरा २९ र ३० को संयुक्त भेला, वडा कमिटी गठन

Next Post

लेउवासंघको महासचिवमा सुवेदी र जमरकट्टेल भिड्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेउबा संघको १३ औं महाधिवेशन: तोडिएला त पदको सिन्डिकेट ?

लेउवासंघको महासचिवमा सुवेदी र जमरकट्टेल भिड्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?