लेखनाथ, साउन २५ –
सर्वोच्च अदालतको फैसलाले नेकपा सम्बद्ध एमाले र माओवादी पुरानै अवस्थामा फर्के पछि नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिस्ट लिग वाईसिएल नेपालले देश व्यापी संगठन बिस्तार गर्दैछ। यसैक्रममा पोखरा महानगरपालिका वडा नं २९ र ३० को संयुक्त वडा भेला आयोजना गरेर वडा कमिटी गठन गरेको छ।
वडा नं २९ मा अशोक सुनारको अध्यक्षतामा ३२ सदस्यीय कमिटी गठन गरेको हो जसमा उपाध्यक्षमा सागर पौडेल र महादेव भट्टराई, सचिवमा सुजन बराल सहित सदस्यहरु चयन गरेको छ।
त्यस्तै वडा नं ३० मा योगेन्द्र बिश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो जसमा उपाध्यक्षमा सन्देश ढकाल र राजेश गुरुङ, सचिवमा प्रबिन बराल, सहसचिवमा राजन नेपाली सहित सदस्यहरु चयन गरेको छ।
वाइसीएल नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज विनय थापा (क्षितिज) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सह- इन्चार्ज राजकुमार दुलाल (सुवर्ण), केन्द्रीय कानुन विभाग प्रमुख विपिन आचार्य, वाइसीएल नेपाल कास्की जिल्ला संयोजक भोजराज पौडेल, नेकपा (माओवादी केन्द्र)पोखरा ३० का अध्यक्ष दयाराम तिवारी, पोखरा ३० वाइसीएल कमिटी अध्यक्ष राजेन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो।
संयुक्त युवा भेलामा विभिन्न पार्टी परित्याग गरि करिब २५ जना युवा कमरेड हरु वाईसीएल नेपाल प्रवेश गरेका थिए।
Discussion about this post