• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउबा संघको १३ औं महाधिवेशन: तोडिएला त पदको सिन्डिकेट ?

Lekhnath Khabar by Lekhnath Khabar
August 8, 2021
in अर्थ खबर, समाचार, हेडलाईन
0
0
SHARES
300
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट/साउन २३, लेखनाथ । साविक लेखनाथ क्षेत्रको निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदै गर्दा चुनावी माहोल बढेको छ। भदौ १८ र १९ गते महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन नजिकिएसँगै विभिन्न पदका आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् ।

बर्तमान कार्यसमितिका पदाधिकारी हरुको एक एक तह बढुवा हुने गरि उम्मेदवारको चर्चा देखिन्छ।

अध्यक्ष पदमा बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय बलियो दावेदार मानिन्छन् । अध्यक्ष पदका एकमात्र आंकाक्षी रहेकोले नेतृत्व सर्वसम्मत हुन सक्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

अन्य पदमा भने आकांक्षी धेरै भएकाले निर्वाचन हुने सम्भावना बढी रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारी बिच प्रतिष्पर्धा हुने देखिन्छ। आगामी अध्यक्षको रुपमा प्रमुख दावेदार हुने वरिष्ठ उपाध्यक्ष पदमा बर्तमान महासचिव गोपिचन्द्र बास्तोलालाई भिडाउन सक्ने श्रोतले बताएको छ।
त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र ओझाको चर्चा छ भने द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई तथा गोपिचन्द्र बास्तोलाको चर्चा रहेको छ। बास्तोलाले जता पल्ला भारी हुन्छ त्यतै उम्मेदवारी दिने श्रोत बताउँछ ।
यता महासचिव पदमा भने बर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजुको दावेदारी देखिन्छ। यधपी जानुका अधिकारी भने उपमहासचिव पदमा उठ्ने श्रोतले बताएको छ ।
सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा तिनपटक सदस्य रहेकी मेनुका श्रेष्ठको बलियो दावेदारी रहेको छ। श्रेष्ठ संग प्रतिष्पर्धामा भिम बहादुर बिक काईला, धिरज कुमार श्रेष्ठ, भरत ओझा तथा रामजी पौडेलको समेत चर्चा छ। बर्तमान कार्यसमिति सदस्य तथा कर्माचार्य ग्रुपका प्रतिनिधि रहेका बिक्रम कर्माचार्य पनि कोषाध्यक्ष पदमा आकांक्षी देखिन्छन् । उनलाई पनि बलियो उमेदवारका रुपमा हेरिएको छ। सदस्य पदमा भने यसपाली धेरै नयाँ अनुहार देखिने निश्चित छ।

कोभिड महामारीपछि कति व्यबसायी पलायन भए, कति उद्योग तथा ब्यबसाय बन्द भए, कोभिड पछि व्यबसायीका समस्या के छन् भनेर आज सम्म संघले केही नगरेको व्यबसायी गुनासो गर्छन् । यस अघि संघले हरेक बर्ष महोत्सव संगै २/४ ओटा गोष्ठी संचालन बाहेक ब्यबसायिको हक हितका काम प्राय कम नै छन्। महानगर, प्रदेश र संघले संयुक्त लगानी गरेको कृषि उपज केन्द्र उद्घाटन पछि अलपत्र बनेको छ ।

अध्यक्ष संगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ । संघमा हाल १ हजार ७ सय ५१ व्यबसायी आवद्ध रहेका छन्।

Previous Post

दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

Next Post

वाईसिएल नेपाल पोखरा २९ र ३० को संयुक्त भेला, वडा कमिटी गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
वाईसिएल नेपाल पोखरा २९ र ३० को संयुक्त भेला, वडा कमिटी गठन

वाईसिएल नेपाल पोखरा २९ र ३० को संयुक्त भेला, वडा कमिटी गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?