• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

Lekhnath Khabar by Lekhnath Khabar
August 4, 2021
in समाचार, समाज, हेडलाईन
0
0
SHARES
189
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट /लेखनाथ, साउन २०
पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा ब्लड क्यान्सर बाट पीडित भएपछी परिवारले आफ्नो आर्थिक स्थितिले सकेसम्मको उपचार गरे। आफ्नो उपायले नसकेर गुहार मागेपछी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला संग पुकार गरे। डा बास्तोलाले आफ्नो सम्पर्कमा रहेका मिडिया तथा सामाजिक अभियन्ताहरुलाई सहयोगको अनुरोध गर्ने क्रममा पोखरा ३१ वेगनासमा सामाजिक क्षेत्रमा सकृय युवा राम रानाभाट लाई सम्पर्क गरे।

रानाभाटले तत्काल सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे र सामाजिक संजालमा सहयोगको याचना समेत गरे, अभियान थियो दिप्ती सापकोटा बचाउ अभियान । केही दिनको आसपासमा करिव २ लाख संकलन गरेर बालिकाका परिवारलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्दै थप उपचारका लागि काठमाडौं जाने बाताबरण मिलाए।

सामाजिक संजालमा निकै सकृय रहने रानाभाटले सहयोगको याचना फैलाउदै हालसम्म साढे ५ लाख जति रकम संकलन गरेका छन्। केहि रकम बोलेर आउन बांकी छ भने हाल सम्म ४ लाख १ हजार ६० रुपैयाँ पीडित परिवारलाई २ किस्ता गरेर हस्तान्तरण गरिसकेका छन्।
रानाभाट सम्झन्छन् – हामी परिवार नै कोभिड १९ संक्रमण भएर घरमै आईसोलेसनमा बसेको बेलामा डा. बास्तोला सरले फोन गर्नुभयो तर मैले समयमा रेस्पोन्स गर्न सकिन । करिब २ दिन पछि आफै सम्पर्क गर्दा उहाँले बेगनासको ३ बर्षिया बालिका ब्लड क्यान्सरले पिडित भएको र परिवार ले सहयोगको अनुरोध गरेको सुनाउनु भयो। बालिकाको सानो उमेर र आफ्नै क्षेत्रको भएपछि हुन्छ म सकेको गर्छु भनेर फोन राखे अनि रातभर सुत्न सकिन। भोलिपल्ट नजिकैको साथी भाईहरुलाई सम्पर्क गर्दा हामी सहयोग गर्छौं भनेर सहयोग पनि आउन थाल्यो। भित्रैबाट उत्साहीत भएर हामीले अभियान नै संचालन गर्‍यौं ।
आज सम्म करिब साढे ५ लाख उठिसकेको छ र ४ लाख जति पीडित परिवारलाई दियौं पनि। सहयोग दाताहरुले बोलेको केही रकम उठ्न बांकी रहेको हुनाले त्यो उठ्ने बित्तिकै हस्तान्तरण गर्नेछौं उनले भने।

यता दिप्ती बचाउ अभियान लाई आत्मसात गर्दै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वस्फूर्त अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फन्ड रेईजर संचालन गरेर अस्ट्रेलिया बाट बिबेक रानाभाट तथा अमेरिका बाट ईन्द्र रानाभाट र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन गरेर पीडित सापकोटा परिवार लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन्। त्यस्तै कास्की परिवार दक्षिण कोरियाको समन्वयमा संयोजक सुर्य बहादुर क्षत्रीले कोरियामा १ लाख ७० हजार संकलन गरेर परिवारलाई पठाईसकेका छन्।

अभियानमा देश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्। हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको पीडित सापकोटाका बुवा देव बहादुर सापकोटाले बताए। डा बास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

Previous Post

ब्लड क्यान्सर पिडित बालिका दिप्तीलाई सात लाख सहयोग

Next Post

लेउबा संघको १३ औं महाधिवेशन: तोडिएला त पदको सिन्डिकेट ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेउबा संघको १३ औं महाधिवेशन: तोडिएला त पदको सिन्डिकेट ?

लेउबा संघको १३ औं महाधिवेशन: तोडिएला त पदको सिन्डिकेट ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?