• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

ब्लड क्यान्सर पिडित बालिका दिप्तीलाई सात लाख सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
August 1, 2021
in समाचार, समाज, स्थानीय, हेडलाईन
0
0
SHARES
546
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट/ लेखनाथ, साउन १७
ब्लड क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले आइतबार उनका अभिभावकलाई ७ लाख ३७ हजार ९ सय ७ रुपैयाँ हस्तान्तरण गरेको छ ।
संकलित रकम सिलिङे कृषि सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, सामाजिक अभियन्ता राम रानाभाट, सामाजिक व्यक्तित्व ठाकुर प्रसाद रानाभाट तथा संचारकर्मीको रोहवरमा पिडित बालिकाका बुवा देव बहादुर सापकोटालाई हस्तान्तरण गरेका हुन ।

पश्चिमान्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाको बिशेष आग्रहमा युवा समाजसेवी राम रानाभाटले संचालन गरेको दिप्ती बचाउ अभियान लाई आत्मसात गर्दै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वस्फूर्त अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फन्ड रेईजर संचालन गरेर अस्ट्रेलिया बाट बिबेक रानाभाट तथा अमेरिका बाट ईन्द्र र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन गरेका हुन्।

त्यस्तै अभियन्ता राम रानाभाटले आफुले संकलन गरेको रकम मध्ये रु २ लाखको चेक पनि पीडित सापकोटालाई हस्तान्तरण गरेका हुन्। उनले यस अघि अस्पतालमै पुगेर डा बास्तोलाको रोहवरमा रु २ लाख १ हजार ६० रुपैयाँ हस्तान्तरण गरेका थिए।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्।
हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको पीडित सापकोटाले बताए।
रकम हस्तान्तरण गर्दै अभियन्ता दोय रानाभाटले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

डा. वास्तोलाका अनुसार दिप्तिको समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको छ । उनले भने बच्चालाई ए.एल.एलए क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो उनलाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।

असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा. बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको थियो ।

Previous Post

लेउबा संघको १३ औं महाधिवेशन भदौमा, आत्रेय सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा ।

Next Post

दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

दिप्ती सापकोटा बचाउ अभियानमा जुट्यो १२ लाख, अभियान स्थगित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?