सचिन रानाभाट/साउन १५, लेखनाथ । यस क्षेत्रको निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन भदौमा हुने भएको छ । भदौ १८ र १९ गते हुने वाणिज्य संघले जनाएको छ ।
महाधिवेशन मिति नजिकिएसँगै विभिन्न पदका आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् ।
१३ औं महाधिवेशनमा अध्यक्ष पदमा भने सर्वसम्मत हुने लगभग निश्चित जस्तै बनेको छ । बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका छत्रधर आत्रेय मात्रै अध्यक्षका आंकाक्षी भएकाले नेतृत्व सर्वसम्मत हुन सक्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।
अध्यक्ष बाहेकका केही पदमा भने आकांक्षी बढी भएकाले निर्वाचन हुने सम्भावना छ । पूर्व अध्यक्षहरु सहितको समूहले सर्वसम्मतको प्रयास गरेपनि अध्यक्ष बाहेक पदमा चुनाव नै हुनसक्ने सम्भावना बढी रहेको व्यवसायीहरु बताउँछन् ।
अध्यक्ष बाहेक पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ ।
Discussion about this post