लेखनाथ ७ साउन
नेपाली काग्रेसको १४ औ महाधिवेशन नजिकै आईरहँदा चुनावी सरगर्मी वढ्दै गईरहेको छ । केन्द्रिय तहमा क्रियाशिल सदस्य विवाद भईरहँदा जिल्ला र स्थानिय तहमा भने महाधिवेशनको चर्चा उच्च रुपमा वढेको छ ।
स्थानिय तहमा हुने पहिलो चरणको चुनाव केन्द्रिय समितिवाट सर्न सक्ने भनेर जानकारी आए पनी नेता तथा कार्यकर्ता अभिवेशन भव्य रुपमा सम्पन्न गर्न लागी परेको देखीन्छ । वडा र पालिकामा केही नेताहरु उम्मेदवार हुने भन्दै पर्चा र वनाएर मतदाता भेटद्धाटमा लागेको प्रत्यक्ष रुपमा देख्न पाईन्छ ।
नेपाली काग्रेस पोखरा महानगरपालिका सभापतीको आकांक्षी वन्न लागेका मिलन तिवारी क्रियाशिल सदस्यको घर दैलोमा भेटघाट गर्दै र मत माग्न शुरु गरेका छन् ।
करिव २० वर्ष देखी राजनितिमा सक्रिय उनी यस पटक नेपाली काग्रेस पोखरा महानगरको सभापती भई जनताको सुख र दुखमा लाग्ने वताएका छन् ।
करिव १४ हजार वढी क्रियाशिल सदस्य रहेको पोखरा महानगरमा सवैको घरमा पुग्न नसकेनी धेरै जना सँग कोरोनाको कारणले भेट हुन नसकेको उनले वताए ।
Discussion about this post