असार २३, पोखरा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल गण्डकी प्रदेशले तरुण बिभागमा सदस्य मनोनीत गरेको छ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले तरुण विभाग गण्डकी प्रदेश पोखरा ३० का युवा नेता अर्जुन गुरुङ लाई मनोनित गरेका हुन्।
विद्यार्थी देखि नै देखि नेपाल विद्यार्थी संघमा रहेर राजनीति शुरु गरेका गुरुङ युबाहरु माझ लोकप्रिय मानिन्छन् । मनोनीत सदस्य गुरुङले तरुण दलमा रहेर संगठन बिस्तारको लागि लामो समयदेखि काम गरिसकेका छन् । प्रष्ट वक्ता र युवा हरुको कुरा अगाडि राख्न युवाहरु माझ को परिचित गुरुङको मनोनयनलाई कांग्रेसी युवाहरुले अत्यन्तै सकारात्मक रुपमा लिएका छन् ।
Discussion about this post