लेखनाथ,१९ असार ।
पोखरामा देखिएको रगतको अभावलाई कम गर्न लेखनाथ सामुदायिक सेवा केन्द्रले शनिवार राखेको खुल्ला रक्तदान मा १३३ युनिट रगत संकलन भएको छ ।
कोरोना भाईरसका कारण लामो समय देखि रक्तदान गर्नबाट छुटेका रक्तदाताहरुले स्वतस्फुर्त रुपमा लाईनमा नै बसेर रगत दान गरेका थिए ।
बजारमा देखिएको रगत अभावलाई पुरा गर्न र रक्तदान जिवन दान भन्ने महान उदेश्यलाई आत्मसाथ गर्दै महिला देखि युवाहरुको वाक्लो उपस्थितीमा सेवा केन्द्रको ईतिहासमा नै सवै भन्दा धेरै एक सय ३३ युनिट रगत संकलन भएको सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेले खुसि ब्यक्त गरेका थिए ।
कार्यक्रमका पहिलो रक्तदाता २७ पटक रगत दान गरिसेकाका तथा कार्यक्रम संयोजक सुरजंग राणालाई ब्लड ब्याग हस्तान्तरण गर्दै ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले सहयोग गर्नेहरुलाई सवै तिरबाट सहयोग मिल्ने धारणा राख्दै समाजमा शुसासन कायम गर्दै बिकृती र विसंगतीका विरुद्ध सरकार र सामाजिक संघ सस्थाहरु हातेमाले गरेर अगाडी वढ्नु पर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव उपरिक्षक महेन्द्र मरासैनी,वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, वडा नं ३३ का वडा अध्यक्ष शिव आचार्य, लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्की,शिसुवा अस्पताल कि मेडिकल सुपरिटेण्डेण्ट प्रतिभा कोईराला र सेवा केन्द्रका सल्लाहकार टिकाराम पंगेनी, संस्थापक अध्यक्ष मोती गिरी लगायतले रक्तदानको महत्व र निरोगीताका बारेमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एलपी ढुगाना र कार्यक्रम संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।
Photos:
Discussion about this post