• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

निष्ठा र वैचारिक राजनीतिका प्रतिमुर्ति : रामबाबू भण्डारी

Lekhnath Khabar by Lekhnath Khabar
June 29, 2021
in राजनीति, समाचार, समाज, स्थानीय
0
0
SHARES
640
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ – संघर्ष मानव जीवनको महत्वपूर्ण पाटो हो । संघर्ष विनाको जीवन अर्थहीन छ । नेपाली राजनितिमा पनि संघर्ष शब्दको ठुलो महत्त्व छ । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल थुप्रै वीर योद्धाहरुको संघर्ष बलिदान त्यागको प्रतिमुर्ति हो । राणाकाल देखि दोस्रो जनआन्दोलन सम्म आइपुग्दा नेपालमा भएका क्रान्ति संघर्षले धेरै प्रजातान्त्रिक सेनानीहरु जन्माएको छ । यी सेनानीहरुका फुलबारीका एक नवीन फुल हुन – रामवावु भण्डारी ।

नेपाली कांग्रेस कास्कीको चर्चित नाम हो रामवावु भण्डारी । भण्डारीको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो । २०३६ सालको बिद्यार्थी आन्दोलन, ४२ सालको सत्याग्रहमा अग्रपंक्तिमा रहि निडर रहि लड्नु भएको थियो । भण्डारीले २०४२ सालमा गिरफ्तारी दिई केही समय जिल्ला प्रहरी कार्यालय,कास्कीमा थुनामा पर्नु भयो तर एक योजना एक भिजन र निष्ठा भएको युवालाई संघर्षको बाटोले क्रान्ति छोड्नु भन्दा झन बलियो बनाएर मैदानमा उतार्छ भने झै उहाँ अझै सशक्त रुपमा राजनैतिक मैदानमा आउनु भयो ।
उहाँ सधै वि.पि का सिद्धान्त विपि पथमा रहि पन्चायती शासनको विरुद्धमा सदैव इमानदारी पुर्वक लागि रहनु भयो । जुजारु ,क्रान्तिकारि नैतिकवान अध्ययनशील रामवावु भण्डारी हामीले देखेका छौ ।२०४६ सालको जनआन्दोलनमा उहाँ घरबाटै गिरफ्तार हुनु भयो । उहाँ सोहि क्रममा करिब २ महिना कास्की कारागार रहेको विभिन्न श्रोतले उल्लेख गरेका छन् । कारागार रहँदाको पुर्जी उहाँले हालै आफ्नो सामाजिक संजालमा राख्नु भएको थियो । बिद्यार्थी कालमा पृथ्वीनारायण क्याम्पस जो नेपाल कै ठुलो क्याम्पस हो त्यँहाको ने.वि संघ इकाई सभापति रहि संगठनको मोर्चामा आबद्ध रहनु भयो । २०५१ साल फाल्गुन १४ मा भएको स्व.वि.यु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिको उमेदवार हुनुभयो । विद्यार्थी राजनीति पछि उहाँ तरुण दलको राजनीतिमा होमिनु भयो र महाधिवेशन प्रतिनिधि पनि हुनु भयो । उहाँ पार्टीको हरेक तहमा रहेर जिम्मेवारी निभाउनु भयो । गुट उपगुट भन्दा पनि पार्टीको सिद्धान्त बिचारलाई ठुलो ठान्दै कार्य गर्नु भयो । उहाँ कुनै नेताको चाकडी चापलुसि नगरी निरन्तर पार्टीको जस्तो सुकै जिम्मेवारी निर्बाह गर्नु भयो ।

गुट र उपगुटले सिथिल परेको नेपाली कांग्रेस ईमान्दार र त्यागी नेता भण्डारीलाई कास्की काँग्रेसको नेतृत्व सुम्पीदा संगठनमा नयाँ उर्जा आउने भन्दै कांग्रेस कार्यकर्ताहरु भण्डारीको पक्षमा देखिएका छन् ।

चाकडीबाज र दलालीबाद मौलाईरहेको राजनीतीमा ईमान्दार र जुजारु व्यक्ति नेतृत्वमा पुग्न सजिलो नभएपनि संगठनलाई मजुबुत बनाउन भण्डारीलाई नेपाली काङ्ग्रेस कास्की सभापति बनाउनुपर्ने युवाहरुको धारणा छ | कुनै गुटमा नरहेका र नीरन्तर राजनीतीमा रहेका भण्डारी नेतृत्वमा पुग्दा आस्थाको राजनीतीको सम्मान हुने युवा नेताहरुको बुझाई छ ।

Previous Post

नागरिक परोपकारको शव–वाहन सेवा सञ्चालनमा

Next Post

अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?