लेखनाथ १२ असार । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शनिबार बाट शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । शव वाहन सेवाको शुभारम्भ गर्दै पुर्व गृह मन्त्री खगराज अधिकारीले अधिकारीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नागरीक परोपकार संस्थाले शव वाहनको व्यवस्था गरेको वताउँदै अब एम्बुलेन्स, खाद्य बैंक लगायतको आवश्यकता तर्फ पनि ध्यान दिनुपर्ने वताए ।
अधिकारीले अव प्राकृतिक विपदका कारण कोही पनि नागरीक घरवारविहिन हुनु नपर्ने वताएका छन । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शनिवार आयोजना गरेको शववाहन सञ्चालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो वताएका हुन ।
उनले आफु गृहमन्त्री भएपछि छोटो समयका विच पनि घरवार विहिन नागरिकहरुका लागी पहाडमा ४ लाख तराईमा ३ लाख प्रदान गर्ने कार्यविधि पास गरिएको वताए । विपद व्यवस्थापन परिषद मार्फत ल्याईएको यस कार्यक्रमका लागि अर्थ मन्त्रालय मार्फत १० करोड निकासा गरिएको र यसमा स्थानीय प्रदेश सरकारले पनि साझेदारी गर्नुपर्ने वताएका थिए ।
उनले विपद व्यवस्थापनमा सघाउ पुगोस भन्ने हेतुले प्रत्येक वडामा आवश्यक आधारभुत सामाग्रीहरुको व्यवस्था गर्नको लागि २५ हजार दिने व्यवस्था गरिएको पनि वताए ।
कार्यक्रममा संस्थाका संरक्षक एवं वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले शव वाहन खरीदका लागी आर्थिक सहयोग गर्ने विशिष्ट दानदाता शिव न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै अव वडा परिसरमा एम्बुलेन्स, दमकल समेत व्यवस्था हुने गरी ४० लाखको लागतमा संरचना बनाउने वडाको योजना रहेको वताएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाले गर्दै आईरहेका गतिविधिको बारेमा प्रकाश पार्दै आगामी योजनाहरुको बारेमा पनि अवगत गराएका थिए भने शववाहन खरिदको लागि १० लाख ५२ हजार रुपैंया प्रदान गर्ने शिव प्रसाद न्यौपाने लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जिवि तिवारीले गरेका थिए ।
निकै महत्वकांक्षी योजनाको रुपमा परोपकारले नगरक्षेत्रका विभिन्न ठाउँमा सहयोग संकलन अभियान नै सञ्चालन गरेर जम्मा गरिएको रकमबाट शव वाहन सेवा सञ्चालनमा ल्याएको हो ।
शव–वाहनको भाडा दर कति कायम गर्ने भन्ने विषयमा छिटृै नै निणर्य गरिने र शव–वाहन आवश्यक परेको खण्डमा संस्थाको फोन नं. ०६१–५६५७००, ९८५६०६५७०० मा सम्पर्क गर्न सकिने संस्थाले जानकारी दिएको छ ।
Discussion about this post