लेखनाथ १३ असार । कोटदेउराली बहुउद्धेश्यीय सहकारी संस्था लि. पोखरा ३१ ले आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा पोखरा–२७ सयलेपाखा स्थित श्रीकृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रम लाई खाद्यान्न सहयोग गर्नुका साथै बृद्धाश्रम परिसरमा वृक्षारोपण गरेको छ ।
सहकारीले वृद्धाश्रमका वृद्ध वृद्धाहरुका लागि १सय ६० किलो चामल, ८ किलो दाल, नुन, तेल, आलु, जुस, विस्कुट लगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले सहकारीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनिा यस्ता कार्यक्रालाई निरन्तरता दिन आग्रह गरेका थिए ।
वडाध्यक्ष गुरुङ्गले पछिल्लो समय टोल टोलमा सहकारी खुल्ने क्रम वढेकोमा असन्तुष्टि व्यक्त गर्दै महानगरमा सहकारी दर्ता गर्ने प्रक्रियामा अहिले रोक लगाईएको वताए । उनले सहकारीका पुँजिहरुलाई एकत्रित गर्न सके ठुला ठुला योजनाहरु सञ्चालन गर्न सकिने विश्वास समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा वृद्धाश्रमका सचिव तिलकशाली अधिकारीले सहकारी परिवारलाई सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै वृद्धाश्रमको अवस्था र समस्याहरुको विषयमा अवगत गराएका थिए ।
सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा भाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव प्रकाशचन्द्र कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक श्रीराम कँडेलले गरेका थिए ।
पोखरा महानगरपालिका को वडा नं. ३१ मोहोरियामा कार्यालय रहेको सहकारीले निक्षेप संकलन र कर्जा लगानी गर्नुका साथै कृषिक्षेत्र तर्फ कागती पकेट कार्यक्रम, भैंसी विकास कार्यक्रम, मौरी पालन, टनेल खेती लागायतका कार्यक्रम सञ्चालन पनि गरिरहेको सहकारीका कृषि उप–समितिका संयोजक विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।
Discussion about this post