• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कोही पनि नागरीक घरवारविहिन हुनु पर्दैन : पुर्व मन्त्री अधिकारी

Lekhnath Khabar by Lekhnath Khabar
June 26, 2021
in समाचार, स्थानीय
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ १२ असार । पुर्व गृह मन्त्रि खगराज अधिकारीले अब प्राकृतिक विपदका कारण कोही पनि नागरीक घरवारविहिन हुनु नपर्ने वताएका छन । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शनिवार आयोजना गरेको शववाहन सञ्चालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो वताएका हुन ।

उनले आफु गृहमन्त्री भएपछि छोटो समयका विच पनि घरवार विहिन नागरिकहरुका लागी पहाडमा ४ लाख तराईमा ३ लाख प्रदान गर्ने कार्यविधि पास गरिएको वताए । विपद व्यवस्थापन परिषद मार्फत ल्याईएको यस कार्यक्रमका लागि अर्थ मन्त्रालय मार्फत १० करोड निकासा गरिएको र यसमा स्थानीय प्रदेश सरकारले पनि साझेदारी गर्नुपर्ने वताएका थिए ।

उनले विपद व्यवस्थापनमा सघाउ पुगोस भन्ने हेतुले प्रत्येक वडामा आवश्यक आधारभुत सामाग्रीहरुको व्यवस्था गर्नको लागि २५ हजार दिने व्यवस्था गरिएको पनि वताए ।

अधिकारीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नागरीक परोपकार संस्थाले शव वाहनको व्यवस्था गरेको वताउँदै अब एम्बुलेन्स, खाद्य बैंक लगायतको आवश्यकता तर्फ पनि ध्यान दिनुपर्ने वताए ।

कार्यक्रममा संस्थाका संरक्षक एवं वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले शव वाहन खरीदका लागी आर्थिक सहयोग गर्ने विशिष्ट दानदाता शिव न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै अव वडा परिसरमा एम्बुलेन्स, दमकल समेत व्यवस्था हुने गरी ४० लाखको लागतमा संरचना बनाउने वडाको योजना रहेको वताएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाले गर्दै आईरहेका गतिविधिको बारेमा प्रकाश पार्दै आगामी योजनाहरुको बारेमा पनि अवगत गराएका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जिवि तिवारीले गरेका थिए ।

Previous Post

लायन्स क्लवको हुईल चियर सहयोग

Next Post

कोटदेउराली सहकारीद्धारा वृद्धाश्रममा सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोटदेउराली सहकारीद्धारा वृद्धाश्रममा सहयोग

कोटदेउराली सहकारीद्धारा वृद्धाश्रममा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?