लेखनाथ,१२असार।
उमेरले ८२ वर्ष पुगेकी पोखरा २६ निवासी तुलसीदेवि तिमिल्सेनालाई आफनै खुट्टाले हिडडुल गर्ने मन हुदा हुदौ पनि बाथरोगका कारण घरमै वस्न बाध्य भईरहेको अवस्थामा उनको ईच्छालाई पुरा गरिदिएको छ लायन्स क्लव अफ युनाईटेड चौतारीले ।
जिवनमा आफनै खुट्टाले कति उकाली र ओरालीहरु हिडिसकेकी तिमिल्सेनालाई अहिले आफनै आगन पनि बिरानो भएको अवस्थामा लायन्स क्वले प्रदान गरेको हुईलचियरमा वसेर आफनै घर आगन वरपर डुल्न पाउने भएपछि वरदान सावित भएकोमा खुसि सुनाउछिन् ।
लायन्स क्लव अफ युनाईटेड चौतारीका अध्यक्ष जयराम आचार्य, सचिव एकनारायण गौतम सहितको लायन्स टोली र स्थानिय समाजसेवी जगनाथ तिमिल्सेनाको अग्रसरतामा सनिवार ८२ बर्षिय तुलसीदेवि तिमिल्सेनाको घरमा नै पुगी हुईलचियर हस्तान्त्रण गरेका हो।
Discussion about this post