रामशरण नेपाली
लेखनाथ २ असार । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले पहिरोबाट पिडित पोखरा–३१ पिप्लेकी शान्ति जलारीलाई तत्कालका लागी खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका संरक्षक एवं पोखरा–३० का वडाध्यक्ष श्रीराम पोखरेल र अध्यक्ष राजेन्द्र ओझा सहित घटनास्थलमा पुगेको संस्थाको टोलीले १ बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न प्रदान गरेको हो ।
खाद्यान्न सहयोग हस्तान्तरण गर्दै वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले प्राकृतिक रुपमा घट्ने यस्ता घटनाहरुप्रती सर्तकता अपनाउनुपर्नेमा जोड दिंदै संस्थाले गरेको सहयोग मल्हम लगाउने काम मात्र भएको र यसबाट प्रेरण लिंदै सबैले आ–आफ्नो ठाउँबाट विपत्तीमा परेकाहरुलाई सहयोग गर्नुपर्ने वताएका थिए ।
यस्तै संस्थाका अध्यक्ष राजेन्द्र ओझाले नागरीक परोपकार विपत्तीमा जन्मेको संस्था भएको र विगतदेखी विपत्तीमा परेकाहरुलाई सहयोग गर्नुका साथै विभिन्न सामाजीक कार्यहरु गर्दै आएको वताएका थिए । उनले यो प्रारम्भीक सहयोग मात्र भएको र आगामी दिनमा नागरीक वचाउ अभियान उप–समिति मार्फत सक्दो सहयोग गर्ने वताएका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चिरञ्जीवी तिवारी अनुगमन तथा निरिक्षण उप–समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठी सचिव रामराज अधिकारी लगायतको उपस्थीती रहेको थियो ।
गत मंगलबार बेलुका ५ वजेको समयमा घरमाथिबाट आएको पहिरोले जलारीको घर पुर्ण रुपमा क्षति भएको थियो । घटनामा कुनै मानविय क्षति नभएपनि पकाउने भाँडाकुँडा सहित भान्सा कोठाका सामानहरु पुरीएको जलारीले वताईन । पहिरोले घर भत्किएपछि उनको परिवार नजिकै रहेको आमाको घरमा आश्रय लिएर बसेको छ ।
Discussion about this post