किशोर परियार
लेखनाथ २ असार ।
अविरल वर्षापछि आएको पहिरोले पोखरा–३१ बेगनासताल पिप्लेमा १ घर पुर्ण रुपमा क्षति भएको छ । मंगलबार बेलुका ५ वजेको समयमा घर माथीबाट आएको पहिरोले स्थानिय शान्ति जलारीको दुई कोठे कच्ची घरमा क्षति पुर्याएको हो ।
पहिरो जानु अघि नै जमिन भासिएको देखेपछि सचेत भएका करण कुनै मानविय क्षति नभएपनि केही सामानहरु सार्न भ्याएको र पकाउने भाँडाकुँडा सहित भान्सा कोठाका सामानहरु पुरीएको जलारीले वताईन । पहिरोले घर भत्किएपछि उनको परिवार नजिकै रहेको आमाको घरमा आश्रय लिएर बसेको छ ।
११ वर्षको १ छोरा र १९ वर्षकी १ छोरी रहेका शान्तिको श्रीमानको १० वर्षअगाडी तालमा चट्याङ पर्दा मृत्यू भएको थियो । श्रीमान बितेपछि तालमा जाल थापेरै बाल बच्चा पाल्दै आएकी उनलाई अहिले घर नै पहिरोले लगेपछि झनै चिन्ता थपिएको छ ।
जारी लकडाउनका कारण गुजारा नै चलाउन मुस्किल परिरहेको अवस्थामा पहिरोले विचल्ली बनाएपछि सहयोग गर्न उनले सम्पुर्णमा अनुरोध समेत गरेकी छिन ।
Discussion about this post