असार १, पोखरा – कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोलामा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले उक्त ठाउमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Discussion about this post