असार १, पोखरा – गण्डकी प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ। असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।
हिजो मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले आजै बजेट ल्याउँदै छ । प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ । गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।
Discussion about this post