जेष्ठ ३०, पोखरा ।।
कास्कीमा थप ७ दिन लकडाउन थपिएको छ । कास्की जिल्ला प्रशासनले कोरोनाको जोखिम नघटेको भन्दै लकडाउनको अबद्यि थप गरेको हो ।
अघिल्लो समयको लकडाउनमा जस्तै अहिले थपिएको लकडाउनमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चल्न रोक लगाउनुका साथै अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
यस अगाडीको लकडउनमा बिहान नाै बजेसम्म खाद्यान्न तथा तरकारी पसलहरु खाेल्न अनुमति दिइएकाे भने थियो अब बिहान १0 बजेसम्म खाेल्न पाइने भएकाे छ । त्यस्तै विकास निर्माणजन्य सामग्रीका पसलहरु साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ।
थपिएको लकडाउनमा के गर्न पाईन्छ के गर्न पाइदैन हेर्नुहोस् ।
Discussion about this post