जेष्ठ २९, पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछी प्रदेश प्रमुख पौडेलले नेपालको संविधान को धारा १६८(५) अनुसार नयाँ सरकार गठनको आह्वान गरे लगत्तै नेता नेपालीले आफुलाई मुख्य मन्त्री नियुक्त गरिपाउँ भन्दै ३१ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई शुक्रबार निवेदन बुझाएका थिए ।
को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ?
वि.सं २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मिएका उनका पीता नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् ।
२०७३ सालमा नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद पोखरेल २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका थिए ।
उनी २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले पराजित भएका थिए ।
Discussion about this post