लेखनाथ, १४ वैशाख ।
नागरीक परोपकार समन्वय संस्था पोखरा–३० ले गत वर्षको वर्षायामको अबिरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित ठाउँमा जोखिम न्यूनकरण एवं पहिरो रोकथामा लागि गरिएका कामहरुको मंगलबार अनुगमन गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ३० डुँडाको मुखमा पहिरोको कारण स्थानिय १३ घरहरुमा क्षति पुगेको थियो भने २ जना घाईते भएका थिए ।
उक्त घटना पश्चात संस्थाले तत्काल राहत वितरण गर्नुका साथै जोखिन न्यूनिकरणका लागि भु–तथा जलाधार संरक्षण कार्यालय तनहुँ सँग सहकार्य गर्दै विभिन्न ठाउँमा ६२ थान ग्याबिन जाली भर्ने कार्य गरेको थियो ।
उक्त कार्यको भु–तथा जलाधार संरक्षण कार्यालय तनहुँका प्राविधिक विदुर नाथ सापकोटा, पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेल, वडा सदस्यहरु सोमनाथ कँडेल, चोलाप्रसाद बराल, नागरीक परोपकार समन्वय संस्था पोखरा–३० का अध्यक्ष राजेन्द्र ओझा लगायतको टोलीले खनुगमन गरेको हो ।
अनुगमन पश्चात २ ठाउँमा फेरी जाली भर्नुपर्ने देखीएको र अपुग भएका स्थानमा पुन जाली भरीने अनुगमन समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठी ले जानकारी दिए ।
Discussion about this post