लेखनाथ १३ वैशाख
सन्दिप पौडेल
पोखरा विश्वविद्यालयले सवै परिक्षा अनिश्चित समयलाई स्थगित गरेको छ । विश्वविद्यालयले सोमवार परिक्षा सञ्चालन गर्ने तयारी गरेपनी विहानै सियमसिसि को निर्णय आएको भन्दै अर्को सुचना नभए सम्म परिक्षा स्थगित गरेको सुचना निकालेको छ । परिक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवलीले सरकारको निर्णय पछी मात्र परिक्षा हुने वताएका छन् ।
विश्वविद्यालयको प्रशासन खुल्ने र सवै प्राध्यापकहरुलाई अनलाईन माध्यमवाट अध्यापन गराउन र विद्यार्थीलाई सोही अनुशार अध्ययन गर्न उपकुलपती प्रा डा प्रेम नारायण अर्यालले निर्देशन दिएका छन् ।
सेमिस्टार र ट्राइमेस्टारमा अध्यापन गरिने हुँदा अन्तिम वर्ष अध्ययन गर्ने विद्यार्थीहरुले समय परिक्षा नहुँदा ४ वर्षको पढाई ५ वर्ष लाग्न लागेको हुँदा अनलाईन मार्फत परिक्षा गर्न अनुरोध समेत गरेका छन् । हाल विश्वविद्यालयमा ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
Discussion about this post