पोखरा, ११ बैशाख । पोखरा ३१ मा सक्रिय रहेको बेगनास युवा क्लव द्वारा संचालित बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिवार ९९ औं श्रृंखला सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष रामवहादुर रानाभाटको नेतृत्वमा निरन्तर ९८ औ हप्ता सफलता पुर्वक सम्पन्न गरेको अभियानले शनिबार ९९ औ हप्ता सम्पन्न गरेको हो।
पोखराको लेकसाईड पछिको दोश्रो गन्तव्य रहेको बेगनासताल लाई सफा, ब्यबस्थित र सुन्दर राख्नका लागि २०७४ माघ २० गते देखि शुरुभएको अभियान आगामी बैशाख १८ गते समापन गरिने छ। अभियानको समापन संगै क्लवको ३० औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन समेत गरिने अध्यक्ष रानाभाटले जानकारी दिएका छन्।
सफाई अभियन्ता तथा क्लवका अध्यक्ष रानाभाट भन्छन् – सफाई अभियान संचालन भए देखि नै विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको र अबका दिनमा स्थानीय तहले मुख्य भुमिका खेल्दै थप जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताउछन्।
पोखरा ३१ वेगनासलाई कार्यक्षेत्र बनाएको क्लवले बेगनासताल क्षेत्र मात्र होईन पोखराको फेवा तालमा जलकुम्भी सफाई अभियान, फेवा किनार तथा फिर्के खोला सफाई अभियान लगायतका ठाउँहरुमा अभियान सम्पन्न गरिसकेको छ। सफाई अभियानको अलावा युवाहरूलाई लक्षित गर्दै दुई संस्करणको वेगनास कप समेत सम्पन्न गरेको हो।
आगामी शनिबार क्लवको १५ औं अधिवेशन हुने र उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने क्लवका कोषाध्यक्ष रामकृष्ण लामिछानेले बताएका छन्।
Discussion about this post