लेखनाथ, १० वैशाख ।
पोखरा–२८ को आरुपाटा खानेपानी उपभोक्ता समुहको अध्यक्षमा शिव ब. नेपाली चयन भएका छन । शुक्रबार बसेको उपभोक्ताहरुको विशेष भेलाले नेपालीलाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा विष्णुमाया तिमिल्सिना, सचिवमा रामशरण नेपाली सह–सचिवमा अमर जङ्ग लामा, कोषाध्यक्षमा दिलु खनाल, सदस्यहरुमा मञ्जु गुरुङ्ग, कल्पना त्रिपाठी, मोतिलाल लुईँटेल, कुलदिप बजगाई, शिव त्रिपाठी, हेमादेवी अधिकारी र भवानी अधिकारी रहेका छन ।
यस्तै नवनिर्वाचित कार्यसमितिले भोलानाथ त्रिपाठीको संयोजकत्वमा कृष्णमणी त्रिपाठी र शिवचन्द्र पाण्डे सहितको ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
Discussion about this post